अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

न्यूह्यामसायरमा २०७ औ भानु जयन्ती

ईश्वरी भट्ट २०७७ असार ३० गते १०:१८ मा प्रकाशित

सदा झैँ यस पटक पनि अनेसास न्यूह्यामसायरले आदि कवि भानु भक्त आचार्यको २०७औ जन्म जयन्ती तथा भाषा साहित्य दिवस जुमको माध्यमबाट जुलाई १३, २०२०मा भव्य रूपमा मनाएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्राज्ञ डा. जगमान गुरूड॰को प्रमुख आतित्थ्यता र अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको विशेष आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व च्याप्टर अध्यक्ष हरि माया अधिकारीले गर्नु भएको थियो।

कार्यक्रमलाई संवोधन गर्दै उप- कुलपति डा. जगमान गुरूड॰ज्यूले भानु भक्तका कुल कुलायन नाता गोताको व्याख्या गर्दै भानु भक्तको महत्त्व र उनले भाषाको विकाशमा पुर्‍याएको योगदानको कदर गर्दै हामीले उहॅाका सम्पदाको संरक्षण गर्नु पर्ने र भानु सर्कूट बनाउनु पर्ने कुरा बताउनु भयो।

यसो गरेमा पर्यटकीय प्रवर्धन समेत हुन सक्ने छ भन्नु भयो। ॲाफ्नो भनाइकै क्रममा डा. गरूड॰ले अब भानु जयन्ती तीन दिन मनाउनु पर्ने र यसकालागि प्रज्ञाले सहयोग गर्ने बताउनु भयो। त्यसै गरी अन्तर देशिय साहित्यिक पुरस्कार वार्षिक दुइलाख बनाउने र एक लाख एन आर एन र एक लाख प्रज्ञाले राख्ने कुरा बताउनु भयो।

त्यसै गरी कार्यक्रमका विशिष्ट अतिथि अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले आफ्नो साहित्यिक यात्रा भानु जयन्तीबाट नै सुरू भएको । विश्वभर अनेसासले भानु जयन्ती मनाएको बताउनु हुँदै भानु भक्तको महत्त्वमाथि प्रकाश पार्दै उहॅाको जन्म स्थानको विकाश र संरक्षण हुनु पर्ने कुरा बताउनु भयो । त्यसै गरी भानु भक्तका कालजयी रचनाहरूको पनि संरक्षण गरिनु पर्ने बताउँदै आफ्नो रचना वाचन पनि गर्नु भयो ।

कार्यक्रममा पूर्व महासचिव गोवर्धन पूजा, साहित्यकार तथा गैर आवासीय भाषा साहित्य संस्कृति र सम्पदा समितिका अमेरीकाज क्षेत्र संयोजक तथा समितिका उप सभापति महेश्वर पन्त, संस्थाका प्रधान सम्पादक ईश्वरी भट्ट, आजीवन सदस्य तारा देवी न्यौपाने, पूर्व अध्यक्ष कृष्ण कुमार गिरी, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य अग्नि पराजुली, गैर आवासीय समिति अमेरिकाका बोर्ड सदस्य एवं तमु समाजका अध्यक्ष क्षेत्र कुमारी गुरुङ, गैर आवासीय नेपाली सङ्घ न्यूहायामसायरका अध्यक्ष डम्बर कडरिया, युकेराओ न्यूइङ्ल्याण च्याप्टरका अध्यक्ष एवं च्याप्टर वी ओ टी मुक्ति नारायण राई, राम श्रेष्ठ, गैर आवासीय सङ्घ अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, साहित्यकार राजेन्द्र अर्याल, सीता अर्याल, अनेसासका केन्द्रीय सचिव लालगोपाल सुवेदी, कवि हरि काफ्ले शैव, फ्लोरीडा च्याप्टरका नीवर्तमान अध्यक्ष निजानन्द मल्ल, कवयित्री विमला निरौला, डा. काशीनाथ पाण्डेहरूले कार्यक्रममा मन्तव्य, शुभकामना र रचना वाचन गर्नु भएको थियो । तीन दर्जन जतिको जुम भेला र विश्व भरका साहित्य प्रेमीहरूले सहभागिता जनाउनु भएको उक्त कार्यक्रमको सभापति च्याप्टर अध्यक्ष हरि माया अधिकारीले आफ्नो रचना वाचन सँगै सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

अत्यन्त सौहार्द पूर्ण रूपमा सञ्चालित उक्त कार्यक्रम संस्थाका प्रधान सम्पादक तथा गैर आ.सङ्घ अन्तर्राष्ट्रिय संस्कृति तथा सम्पदा उप समितिका सदस्य ईश्वरी भट्टले रोचक ढङ्गबाट सञ्चालन गर्नु भएको थियो भने सञ्चालनकै क्रममा केन्द्रबाट भानु सम्पदा संरक्षण कार्यक्रम आए यस च्याप्टरको तर्फबाट रु एक लाख रकम सहयोग गर्ने पनि कार्यक्रममा बताउनु भएको थियो ।

सो कार्यक्रमको प्राविधिक प्रायोजन साहित्यकार महेश्वर पन्तले गर्नु भएको थियो भने आजीवन सदस्य सुवास श्रेष्ठ र रमेश श्रेष्ठले प्राविधिक सहयोगीको भूमिका निभाउनु भएको थियो । संस्थाका कोषाध्यक्ष दिन बन्धु प्रेमी, सह कोषाध्यक्ष राधा थापा , नेपाली समाज न्यूहायामसायरका अध्यक्ष सोम गुरुङ, समाजका कोषाध्यक्ष कमल ढुङ्गाना, मैयाँ ढुङ्गाना, डा. पुष्पा जोशी, समाजका सदस्य भेष राज शर्मा, चन्द्र कडरीया लगायतले कार्यक्रम अत्यन्त राम्रो र ज्ञानवर्धक रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया