अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

म नर्स हु यो युगको

कमला न्यौपाने २०७७ साउन १३ गते १४:३४ मा प्रकाशित

हृदय सँगको सम्झौता गरी
मुटुलाई दरो बनाई
यो युगको युद्धमा लड्न हिँडेकी छु
म एक नर्स आज
अस्पतालका कोठाहरूमा
म नर्स हु यो युगको

यी सिसा र पस्टिकका आवरणहरू
मेरा सुरक्षाका कवज हुन
मैले लगाउनै पर्ने छ
किनकि म आफू बचेर हजारलाई
बचाउनु पर्ने छ
म नर्स हु यो युगको

यी सब मेरा अस्त्र शस्त्र साथ
यस भायाभ सङ्ग्राममा छु
अनि कतै मानवीय अस्तित्वों जोगाउन
मेरा चेष्टा जागरूप छन्
म हार नमानी एक वीर
योद्धा भई लडिरहेछु
लडिरहने छु
लाग्छ आज म लक्ष्मी बाई बनी रहे छु
म नर्स हु यो युगको

सेवा एक धर्म हो,
मूल मन्त्र साथमा
आफनु पिडा लुकाई
अर्काको पिडा सहभागी बन्ने कठोर प्रण लिई
बिरामीका बिस्तर बिस्तरमा
म एक आशाको किरण दिँदै
मेरा अंतरआत्मालाई केसी रहेछु
मैले मेरो धर्म गरी रहँदा
किन ?
म आज यती विचलित हुन्छु
म नर्स हु यो युगको

जब म बिरामीको नजदिक पुग्छु
मलाई लाग्छ
म चटकी भई दिन पाए हुन्थ्यो
मेरा यी स साना कटौराका ओखती ,
अमृत भए हुन्थ्यो
आज मेरी आमाले फु मंतर गरे झैँ ,
गर्न आए हुन्थ्यो
किन की यी जादु शक्तिमा
म आज एक नर्स
आत्मासंतुष्टी खोजी रहेछु
म नर्स हु यो युगको

कहिले आफै सँग आफै डराएको पाउँछु
किनकि मैले युद्धको भयाभ दृश्य देखेकी छु
त्यसैले त भन्छन् युद्धको आँकडा
मैदानको सिपाहीले मात्र गर्न सक्छ
यो यस्तै एउटा युद्ध,
मनिस र मनिसको भन्दा भिन्न
यो यस्तो युद्ध
मनिस र अदृश्य शक्ति सँगको भिडन्त
जसको मृतूको पहिचान छैन
केवल छ त
बाच्नेको दृढ इच्छा
र बचाउनेको दृढ सङ्कल्प
म नर्स हु यो युगको

अनि
कसैले बिथोल्न खोजेको म भेट्छु
शासकहरूको यो रङ्गमञ्चमा
रणनीतिको सिकार बन्न पुगेका हामी देख्छु
लाग्छ मैले आफूलाई आहुति दिँदै छु
यस नाटकमा
म मात्र हैन ,
सबै स्वास्थ्य कर्मी
अनि यी सारा पीडित जनहरू
त्यसैले होला,
आज
हजार आत्माहरूको जीवन छोटिएको छ
त्यसैले आज
यो कलम
यो युगको म नर्स
अर्को युगको नर्सलाई सचेतका यी सिला कोरी दिन
हात चलाएकी छु
एक हातमा कलम लिई
अर्को हातमा ओखती बोकी
म नर्स हु यो युगको

 

✍️ कमला न्यौपाने RN क्यांसस