अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

तिम्रै लागी त हो

कमला न्यौपाने २०७७ साउन ३२ गते १९:३३ मा प्रकाशित

मेरो रातो टिका
मेरो छम छम चुरा
मेरो हरियो पोते
तिम्रै लागी त हो

यो रेसमी सारी
यो मेरो सोर्हौ शृङ्गार
यो रङ्गिन दिन
तिम्रै लागी त हो

रमझम रमझम सङ्गीत
मनका गुनासो
मायाको गीत
झुमेको यो तन
तिम्रै लागी त हो

उत्साहित मेरो मन
छन् छन् मेरा पाउ
मेरो घुमेको नित्य
तिम्रै लागी त हो

नैवेद र पाती
दियो र फुलले सजिएको थाली
प्रेमको यो पूजा
तिम्रै लागि त हो

सङ्गिनीलाई भेटूँ
मन्दिर म जाऊ
बर्त म बसु
शिव भक्त म बनूँ
मङ्गल तिम्रो म मागु
तिम्रै लागी त हो !!
तीजको हार्दिक मङ्गलमय शुभकामनाका साथ!
धन्यवाद!!

 

***********
कमला न्यौपाने

क्यांसस