अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

पीठो

लीलाराज दाहाल २०७७ जेठ ७ गते १५:४६ मा प्रकाशित

पीठो दिई चामल साट्ने तिम्रै बानी रहिछ
चाप्लुसीको डोरी बाट्ने तिम्रै बानी रहिछ !

अघि पर्दा चाकरीको तेल लगाउँछौ
पछिल्तिर कुरा काट्ने तिम्रै बानी रहिछ !

स्वार्थ पुरा हुँदा सम्म नजिकिए पनि
बासी दूध जस्तै फाट्ने तिम्रै बानी रहिछ !

तिमी कस्ता छौ भनेर बल्ल थाहा भयो
मीठो भेटे जुठो चाट्ने तिम्रै बानी रहिछ !

तराजुमा जोखेर नै बेच्छौ इमान पनि
रुपैयाँमा आत्मा साट्ने तिम्रै बानी रहिछ !

प्रतिक्रिया