अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

पैसा तिम्रो दुनिया

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ९:५८ मा प्रकाशित

कबिता

पैसा तिम्रो दुनिया
जीवनमा स्वच्छ सास फेर्न
तिमी नै चाहिन्छ,
हाँसी-खुसी जीवन जिउन
तिमी नै चाहिन्छ।

मिठो सम्बन्ध टिकाउन
तिमी नै चाहिन्छ,
तितो सम्बन्ध तोड्न
तिमी नै चाहिन्छ।

पराईलाई आफ्नो बनाउन
तिमी नै चाहिन्छ,
आफ्नोलाई पराइ बनाउन पनि
तिमी नै चाहिन्छ।

तिम्रो उपस्थिति अन्धो हुन्छ,
तिम्रो खनखन अहमले भरिन्छ,
धाक र रवाफको आडमा
तिम्रो उपस्थिति बहिरो हुन्छ।

आफ्नै सन्तान पराई हुन्छन्,
आमा-बुबा परचक्री हुन्छन,
नातागोता इष्टमित्र पनि,
तिम्रै तराजुमा थपघट हुन्छन्!!

आफुलाई मासेर अरुलाई खुसि दिन
इच्छा बिपरित काम गर्न
मन भरीको पिडालाई लुकाएर
अरुलाई खुसि दिन
तिम्रो भूमिका बलवान हुन्छ !!!

भगवान तिम्रो के हो लिला ?
तिम्रै त छ जताततै शिला
पैसा-पैसा,पैसा भित्र
दुनिया तिम्रो भयो रङशाला।
*******

बकैया -०९
मकवानपुर

प्रतिक्रिया