अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

सन् २०२० सम्म आई पुग्दा नेपाली हाइकुका अवयवहरू

किरण पौडेल २०७६ पुष २३ गते १२:३३ मा प्रकाशित

अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०१९ लाई हामीले भर्खरै बिदाइ गरी नयाँ वर्ष २०२० लाई स्वागत गरिसकेका छौँ । हरेक वर्षको समाप्तिसँगै सामान्यतया सबै क्षेत्रले आ(आफ्नो विगतका गतिविधि र क्रियाकलापलाई समीक्षात्मक विश्लेषण गरेको पाउँछौँ । यसै सन्दर्भमा सन् २०२० सम्म आई पुग्दा यहाँ हाइकुको विगतलाई केलाउने प्रयास गरिएको छ । हाइकु भनेको जापानी शैली र संरचनामा आवद्द रही तिन हरफमा लेखिने कविता हो । संरचनाको हिसाबले हाइकु ५र७र५ अक्षरको परिधिमा रहन्छ । संरचनाको बारेमा सुनी सकेपछि झनै लेखौँ लेखौँ लाग्ने उत्साहपूर्ण साहित्य पनि हो यो ।

वि.स. २०१७ सालमा ४५ दिनको जापान बसाइ सकेर फर्केपछि वि।स। २०१९ सालमा शङ्कर लामिछानेद्वारा सूर्योदय शीर्षकमा सृजित हाइकु वि।स। २०१९ को भदौ अङ्कको रूपरेखामा छापिएको थियो । यो नै नेपालको इतिहासमा पहिलो हाइकुको रूपमा स्थापित छ ।
माकुरा जाल
झोलिएको ओसले
तन्किँदै गयो

शङ्कर लामिछानेले पारिजातको शिरीषको फूल उपन्यासमा भूमिका लेखे र सोही शिरीषको फूल उपन्यासको भूमिकामा अगाडि रहेको हाइकु विना नाममा नै वि।स। २०२२ सालमा प्रकाशित भयो । यो हाइकु विना नाममा प्रकाशित हुनाले यसको लेखकको बारेमा फरक मत पनि सुनिने गरेको छ । हाइकु यस प्रकार रहेको छ ।
शिरीष फूल
भ्रमर चुम्बन मै
ओइली झर्छ

हाइकुलाई चिनाउन शङ्कर लामिछानेले वि।स। २०२७ को असोज अङ्कको रूपरेखामा जापानी हाइजिन बासो बुसोन र सिकीको हाइकु उल्था गरी उहाँहरूको परिचय दिएर छपाए । वि।स। २०३८ सालमा विराटनगरबाट प्रकाशित हुने कदर त्रैमासिक पत्रिकामा प्रमोद प्रधानको हाइकु एक चर्चा शीर्षकमा लेख प्रकाशित भएको थियो । वि।स। २०४४ सालमा माधवलाल कर्माचार्यवाट सम्पादित तथा अभि सुबेदीबाट नेपालीमा अनुवाद भई जापानी हाइकु हिजो र आज पुस्तक साझा प्रकाशनबाट प्रकाशित भएपश्चात् हाइकु बारे धेरैलाई धेरै कुरा बुझ्ने अवसर मिलको थियो । तत्कालीन अवस्थामा पूर्णिमा हाइकुमा केन्द्रित अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरिएको यस पुस्तक प्रकाशन हुनु नेपाली हाइकु क्षेत्रमा ठुलो सफलताको कडीको रूपमा रह्यो यद्यपि हाइकुको संरचनागत अवस्थालाई यसले हु बहु पस्कन भने नसकेको देखियो । वि।स। २०४५ सालमा डा। रामदयाल राकेशले गरिमा मासिकमा हाइकु परम्परा र प्रयोग शीर्षकको लेख प्रकाशित गरे । तत्पश्चात् क्षेत्रप्रताप अधिकारीको ( वि।स। २०४९ मा नवरत्न, वि।स। २०५१ मा हिम जुन फूल र वि।स। २०५५ मा जापानी साहित्यको इतिहास प्रकाशित भयो । त्यसै गरी वि।स। २०५७ मा गोविन्द गिरी प्रेरणाको जापानी साहित्यको संक्षिप्त झलक प्रकाशित भए । तर पूर्ण हाइकु सङ्ग्रह प्रकाशनका हिसाबले वि।स। २०५४ मा प्रकाशित युवा कवि रमेश प्रभातको सत्तालिप्सा हाइकु सङ्ग्रहले पहिलो पूर्ण हाइकु सङ्ग्रह मानिन्छ ।

वि.स. २०६० सालमा नेपाल निप्पन रिसर्च सेन्टर स्थापना भयो । यसै निप्पन सेन्टरको स्थापना सँगै नेपालमा आधुनिक हाइकुको सुरुवात भएको मानिन्छ । जसमा डा। हर्क गुरुङ अध्यक्ष र प्रा। राम कुमार पाँडे महासचिवको जिम्मेवारीमा रहेका थिए । सेन्टरका अध्यक्ष डा। हर्क गुरुङको असामयिक निधन पछि महासचिव प्रा। राम कुमार पाँडेज्यूले नै उक्त नेपाल निप्पन रिसर्च सेन्टरको नेतृत्वदायी भूमिका निर्वाह गरे । वि।स। २०६२ मा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौंमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०६२ सम्पन्न भयो । उक्त महोत्सवमा ५ वटा हाइकुसंग्रहहरु लोकार्पण भएको थियो । यो महोत्सव नेपाली हाइकु विकासमा कोशेढुंगा साबित हुन पुग्यो । यद्यपि अर्को महोत्सवको लागि नेपाली हाइकुले एक दशक भन्दा बढी समय कुर्नु पर्‍यो । यसै बिचमा वि।सं। २०७० अर्थात् सन् २०१३ मा नेपाल निप्पन रिसर्च सेन्टर नै नेपाल हाइकु केन्द्रको रूपमा परिणत भयो । पहिलो हाइकु महोत्सव पछि नेपाली साहित्यमा हाइकु सङ्ग्रहहरूको प्रकाशनको क्रम निकै बढेर गयो । नेपाली साहित्यमा रुचि राख्ने समस्त साहित्यिक मनहरूमा यो अवधिमा हाइकुले आफ्नो नाम र प्रभाव छेड्न कुनै कसर बाँकी राखेन ।

वि.सं. २०७५ असोज १४ गते अर्थात् ३० सेप्टेम्बर २०१८ मा नेपाली हाइकुले अन्तर्राष्ट्रिय हाइकु महोत्सव २०१८ू सम्पन्न गर्‍यो । हाइकुको उद्गमस्थल जापानमै सयौँ नेपाली हाइजिनहरुको उपस्थितिमा नेपाली हाइकुले आफ्नो गौरवपूर्ण कार्यक्रम सम्पन्न गर्ने सामर्थ्य राख्नु चानचुने कुरो थिएन । उक्त महोत्सवमा वर्ड हाइकु एशोसिएनका अध्यक्ष वान्या नाचुईसी सहित ६ जना वरिष्ठ हाइजिनहरुको उपस्थितिले कार्यक्रम शोभायमान थियो । ८ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हाइकु महोत्सव २०१८ू टोकियोमा सम्पन्न भएको थियो । महोत्सवमा विभिन्न हाइकु सँग सम्बन्धित ९ वटा पुस्तकको लोकार्पण गरिएको थियो ।

टोकियोमा सम्पन्न महोत्सवमा वर्ड हाइकु एसोसिएसनको उपस्थितिले नेपाली हाइकुलाई थप उचाइमा पुरायो । एसोसिएसनले नेपाली हाइजिनहरु हाइकु लेख्न अब्बल ठहराएकै कारण एक जना नेपाली हाइ जिन प्रकाश पौडेल माइलालाई वर्ड हाइकु एशोसिएनले सन् २०१८ देखि नै लागू हुने गरी आफ्नो कार्यकारी सदस्यमा चयन गर्‍यो । यसरी गतबर्ष नेपाली हाइकुले विश्व हाइकुमा ईन्ट्री गरेर अर्को इतिहास रच्च सफल भयो । वर्ड हाइकु एसोसिएसन यतिमा मात्र रोकिएन, उसले १३ देखि १५ सेप्टेम्बर सन् २०१९ मा सम्पन्न विश्व हाइकु सम्मेलनमा नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. राम कुमार पाँडेको नेतृत्वमा ४ जना नेपाली हाइजिनहरुलाई आमन्त्रण गरेर नेपाली हाइकुलाई थप सम्मान गरेको छ । यति मात्र होइन, वर्ड हाइकु एसोसिएसनले सन् २०२० को सम्मेलन आउँदो सेप्टेम्बरमा नेपालमै आयोजना गर्ने योजना बनाउनु नेपाली साहित्यिक फाँटको मात्र नभएर समग्र नेपाल र नेपालीकै लागि गर्व र खुसीको कुरा हो । नेपाल भ्रमण वर्ष २०२० मनाउँदै गरेको अवस्थामा विश्व साहित्यिक मञ्चका साहित्यकार नेपाल भित्र्याएर पर्यटनलाई समेत टेवा पुराउन सफल हुनु भनेको नेपाली हाइकुको महान् सफलताको रूपमा लिन सकिने विषय हो । वास्तवमै हाइकु साहित्य मार्फत पर्यटनलाई टेवा पुराउन सकिने भनाई यथार्थपरक देखिन्छ ।

साङ्गठनिक हिसाबले केन्द्रीय संरचनामा रहेको नेपाल हाइकु केन्द्रले हालै पर्वत र बाँके गरी दुई वटा जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ भने अन्य जिल्लाहरूमा विस्तार हुने क्रममा रहेको छ । जिल्ला जिल्लामा शाखा विस्तारको अभियानले हाइकु थप सशक्त र मजबुत हुँदै गएको आभास गर्न सकिन्छ । त्यसै गरी धेरै पत्रपत्रिका र अनलाइन समाचारहरूमा आजकल हाइकुका बारेमा विभिन्न लेख रचनाहरू छापिएका भेटिन्छन् । देश तथा विदेशमा रहेका थुप्रै नेपाली हाइजिनहरु पछिल्लो समयमा नेपाली तथा अङ्ग्रेजी भाषामा हाइकु लेखनमा सक्रिय रहेको पाइन्छ । त्यसो त नेपालमा प्रचलित विभिन्न भाषामा समेत हाइजिनहरुले कृति प्रकाशन गरी सकेका छन् । विभिन्न समयमा नेपाल हाइकु केन्द्रले यात्रा हाइकुहरूको आयोजना गरेका कारण पनि नेपाली हाइजिनहरुलाई थप ऊर्जाशील बनाई रहेको अवस्था छ । नेपाल हाइकु केन्द्र कै आयोजनामा वि।सं। २०७५ मा दुइदिने ऐतिहासिक हाइकु कार्यशाला गोष्ठी काठमाण्डौंमा सम्पन्न भएको थियो । काठमाण्डौंको टौदहमा अवस्थित लिलाज क्याफेमा कार्तिक ३० गते सुरु भएको उक्त गोष्ठी मङ्सिर १ गते सम्पन्न भएको थियो । नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा। राम कुमार पाँडेको प्रमुख आतित्थ्यता सम्पन्न उक्त गोष्ठीको नाम प्रथम हाइकु नायक अभिमुखीकरण कार्यशाला गोष्ठी २०७५ू रहेको थियो । कार्यशालाले दश जना हाइजिनहरुलाई हाइकु प्रशिक्षण दिन सक्ने योग्य प्रशिक्षकको रूपमा प्रमाणपत्र समेत वितरण गरेको थियो ।

विशेष गरी हाइकु सम्बन्धी विश्लेषणात्मक लेखनका हिसाबले नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा।राम कुमार पाँडे, उपाध्यक्ष मित्रबन्धु पौडेल, अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, समालोचक महेश पौड्याल, पत्रकार एवं हाइ जिन कृष्ण बजगाईँ तथा श्रीराम श्रेष्ठ लगायतका विभिन्न व्यक्तित्वहरू सक्रिय रूपमा देखिएका छन् । अर्को तर्फ, सामाजिक सञ्जालमा हाइकुको लालित्य नामक करिब सात हजार सदस्य रहेको एउटा समूह नै निर्माण गरेर नेपाली हाइजिनहरु हाइकु लेखनमा सक्रिय रहेको पाइन्छ । लेखनका लागि धेरै समय खर्चिनु नपर्ने र फुर्सदको छोटो समय तथा यात्राकै क्रममा पनि हाइकु उतार्न सकिने हुँदा यो क्षेत्र नेपाली जनमानसमा लोकप्रिय बन्न पुगेको छ । हाल विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू पनि हाइकु लेखनमा अग्रसर हुनुले हाइकु साहित्य र यसको लोकप्रियता बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ ।

(लेखक एवं विश्लेषक किरण पौडेल सशस्त्र प्रहरी बल, नेपालका डिएसपी हुन्)