अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

केही हाइकु

किरण पौडेल २०७५ वैशाख ८ गते ८:५० मा प्रकाशित

पिढींमा सिढीं
चमेराको दलिन
रानीको चक्षु

हातमा हात
​सप्तरङ्गी इन्द्रेणी
परेली तिम्रो

अल्लारे ठिटो
​दिलको सडकमा
गाडी कुदायो ।

उज्यालो खोज्दै
​मायाका जोडीहरू
​मैन बत्तीमा

कपटी पासा
​पिरतीको गुफामा
​रैतिको रस !