अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

बोष्टनमा नेपाली क्लासको अभिभाबक दिवस सम्पन्न

यम पौडेल २०७६ मंसिर २३ गते ७:१२ मा प्रकाशित

अमेरिकाको बोस्टनमा संचालित नेपाली भाषा स्कुल “नेपाली क्लास,बोष्टन” को पाँचौ अभिभावक दिवस सम्पन्न भएको छ । समरभिल सिटी स्थित अल्बर्ट एफ अर्जेनसियानो स्कुलमा आयोजित बिशेष समारोहमा विद्यार्थी, शिक्षक, अभिभावक, स्वयंसेवक सहितको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली मुलका बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति, चाडबाड लगायतका मौलिक नेपाली बिषयको अध्यापन गराउने उद्धेश्यले स्कुलको स्थापना गरिएको आयोजकले जनाएको छ । स्कुलले निर्दिष्ट लक्ष्य प्राप्तिको लागी हरसम्भव प्रयास गरेपनि प्रचार प्रसारमा चासो नदिएका कारण संचारमाध्यममा सकुलको बारेमा समाचार प्रकाशन/प्रसारण नभएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

संचालित स्कुलमा १० जना शिक्षक , १ प्रशासक , २ जनरल सपोर्टर, ५ जना युथ भोलन्टियर, अभिभावकको तर्फबाट ८ जनाको प्यारेन्ट एलाइन्स कर्नर र २५ जना समाजका अग्रजहरू सम्मिलित भोलन्टियर एलुम्नी टिम क्रियाशील रहेको आयोजित कार्यक्रममा जानकारी दिईयो । स्कुललाई अमेरिकाको संबिधान अनुसार वैधानिकता दिलाई सञ्चालनमा ल्याइएको र पूर्ण निःशुल्क रूपमा अगाडी बढाइएको बताईएको छ ।

आयोजित कार्यक्रममा चालु शैक्षिक वर्ष २०१९ मा अध्ययनरत ५ देखि १५ वर्ष उमेरका १६० भन्दा बढी बिद्यार्थीहरुले नेपाली भाषा, संस्कृति, अनुशासन, नृत्य, नाटक, अभिनय लगायतका बिधामा रचनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।