अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

अमेरिकाको बोष्टनमा म्ह: पूजा कार्यक्रम रूपमा सम्पन्न

यम पौडेल २०७५ मंसिर ७ गते २१:०० मा प्रकाशित

बोष्टन, नेवा: अर्गनाईजेशन अफ अमेरिका, न्यु इङ्गलैण्ड च्याप्टर बोष्टनव्दारा नेपाल सम्मत ११३९ को उपलक्ष्यमा आयोजित म्ह: पूजा कार्यक्रम यस वर्ष पनि धूमधामसँग सम्पन्न भयो । नोभेम्बर ८, २०१८ बिहीबारका दिन १६ लेक्जिँङटन स्ट्रिट स्थित बर्लिङटन सिटीमा आयोजित कार्यक्रमको लागि टाढा टाढाबाट नेपालीहरू आएका थिए । कार्यक्रममा शुभकामना आदान प्रदान (भिन्तुना) समावेश गरिएको थियो । नेपाल सम्मत सुरु भएकै दिन निकै हर्षोल्लासका साथ बोष्टनमा म्हःपुजाको चाजोपाजो मिलाई नेवाः अर्गनाईजेशनले आफ्नो समुदायको मन जितेको थियो । यस पूजामा सहभागी भई नेवार समुदायका मानिसहरू सर्वप्रथम आफ्नो आत्माको पूजा गरी म्हःपुजा मनाउने चलन छ ।

संस्थाका अध्यक्ष राजु मान श्रेष्ठले पानसमा बत्ती बाली आफ्नो धर्म परम्परा सहित विभिन्न देवी देवताको पूजा गरेपछि सहभागी सबैलाई धन्यवाद तथा स्वागत गरेका थिए तत् पश्चात् सामूहिक म्हः पूजा सुरु भएको थियो । नेवारी परम्परागत ड्रेसमा सजिई आएका महिला तथा पुरुष महानुभावले कार्यक्रमलाई सिँगार्नु सिँगारेका थिए । नेवारी परम्परागत शैलीमा सगुन ग्रहण गर्दाको दृश्य झन् आकर्षक थियो । संस्थाका सचिव बुद्ध रत्न महर्जनले रमाइलोसँग सञ्चालन गरेको म्हःपुजा कार्यक्रमलाई अर्गनाईजेशनका अध्यक्ष राजु मान श्रेष्ठ, उपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिव बुद्ध रत्न महर्जन, कोषाध्यक्ष डा. नीराजन मणि, एक्जुकेटिभ मेम्बरहरु क्रमशः: रूप शाक्य, सुरेन्द्र नापित, रवि राज राजकर्णिकार, रविन बज्राचार्य समेतको टिम तिनका परिवार एवं सम्बद्ध साथीहरूले विभिन्न जिम्मेवारी निभाऊदै दिनरात खटेर व्यवस्थित र आकर्षक बनाइएका थिए ।

कार्यक्रममा बोष्टन स्थित नेपाली सङ्घसंस्थालाई आमन्त्रण गरिएको थियो सो अनुरूप तामाङ समाजबाट अध्यक्ष माणिक लामा साथै मगर समाजबाट अध्यक्ष सरिता रानाको सहभागिता रहेको थियो ।म्हःपुजामा बिक्री भएको टिकट बाट भाग्यशाली उपहार खेलाऊदा बृत्रिका महर्जन, अल्बिना नापित, यासिस श्रेष्ठ, माणिक लामा , दीपक क्षत्री, रविन श्रेष्ठ र लोना श्रेष्ठले विभिन्न पुरस्कार जितेका थिए । त्यसै गरी संस्थाका सुरेन्द्र नापित, रोनेश श्रेष्ठ, नमुना राजकर्णिकार बाट संयुक्त रूपमा खेलाइएको बिङ्गो खेलमा कपिल श्रेष्ठले फुलहाऊस गरी पुरस्कार जितेका थिए ।

सन २०१५ मा स्थापना भएदेखि यस च्याप्टरले आफ्नो भाषा संस्कृति र परम्परालाई विदेश भूमिमा निरन्तरता दिँदै चाडपर्व मनाऊ दै यसरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पिता पुर्खादेखि मानिआएको नेपालको महत्त्वपूर्ण सांस्कृतिक धरोहर जहाभएपनि आफूहरूले पनि बचाई राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आफूहरू जहा गए पनि आफ्नै भाषा धर्म संस्कृतिमा नाच्ने र नेपाली पहिचानमा बाच्ने कुरा सहभागी नेवा अर्गनाइजेशन अफ न्यु इँगलैण्ड च्याप्टरका पदाधिकारीहरूले बताए ।

फोटो साभार : सुरेन्द्र नापित

सम्बन्धित सामग्रीहरू