अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

अमेरिकाको बोष्टनमा नेपाली नयाँ वर्ष बैसाखी साँझ सम्पन्न

यम पौडेल २०७६ वैशाख ५ गते २३:१५ मा प्रकाशित

बोष्टनमा नेपालीहरूको २९ वर्ष देखिको साझा संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी) व्दारा नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आयोजित ‘बैसाखी साँझ’ अप्रिल १३ मा समरभिल सिटी स्थित १९१ हाइल्याण्ड भएमा धूमधामसँग सम्पन्न भयो । समरभिल सिटीका मेयर जो कर्टुटोनको प्रमुख आतिथ्यता एवं मासाचुसेट राज्यका एसिया अमेरिकन कमिशनर प्रल्हाद के सी र नेपालका किर्तिमानी धावक वैकुण्ठ मानन्धरको विशेष आतिथ्यता रहेको इँभेन्टमा विभिन्न व्यक्ति व्यक्तित्वको सम्बोधन, रोचक नेपाली कला संस्कृति प्रस्तुत, विशेष योगदान दिने महानुभाव र कलाकारहरूको सम्मान र नेपाली स्वादिष्ट परिकारको व्यवस्था थियो । करिब ४०० अटाउने कार्यक्रम हल खचाखच थियो भने नेपाली गीत नृत्यमा रमाउने र आपसमा शुभकामना आत्मीयता साटासाट गर्नेहरूको हुल कार्यक्रम सकिएपछि पनि सकिएको थिएन । जिबिएनसिका वर्तमान युवा अध्यक्ष अर्जुन जङ्ग कुँवरको सभापतित्वमा सञ्चालन भएको औपचारिक कार्यक्रमलाई सचिव परशुराम फुयाँलले कुशलतापूर्वक सञ्चालन गरेका थिए । 

नेपाली तथा अमेरिकाको राष्ट्रिय गीतबाट सुरु गरिएको बैसाखी साँझका सभापति अर्जुन जङ कुँवरले सबै सबैलाई धन्यवाद दिँदै स्वागत गरेपछि समरभिलका मेयरलाई स्टेजमा बोलाइएको थियो ऊहाले नेपालीलाई शुभकामना मात्र दिएनन् सबै इमिग्रेन्ट प्रति आफ्नो सकारात्मक धारणा रहेको कुरा व्यक्त गर्दै नेपालीको मनोबल बढाए साथै आफ्नो सिटी समरभिलमा धेरै लामो समयदेखि नेपालीहरू बसेकोमा खुसी व्यक्त गर्दै सकेसम्म सहयोग गर्ने बचन दिए ।

ऊहालाई जिबिएनसिको तर्फबाट विशेष सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो लगतै बोष्टन म्याराथनको लागि नेपालबाट आएका किर्तिमानी धावक वैकुण्ठ मानन्धर, अर्का धावक धर्म महर्जन र ब्याडमिन्टन खेलाडी प्रकाश राणालाई स्टेजमा सम्मान गरिएको थियो ।

धावक मानन्धरले पनि नेपालको तर्फबाट एक मायाको चिनो समरभिलका मेयरलाई प्रदान गरेका थिए । त्यसपछि विशेष अतिथिको मन्तव्य दिँदै जिबिएनसिका सल्लाहकार एवं मासाचुसेट राज्यका कमिसनर प्रल्हाद के सी ले आगामी मे २०, २०१९ मा पहिलो पटक मासाचुसेटस राज्यको स्टेट हाउसमा बुद्ध जयन्ती मनाउन लागिएको उल्लेख गर्दै जिबिएनसि लगायत सबै नेपालीको सहभागिता हुनुपर्नेमा जोड दिए । 

त्यसैगरि पशुपतिबुद्द फाऊण्डेशन न्यु इण्गलैण्डका अध्यक्ष विष्णुमणि आचार्यले नेपाली कम्युनिटि सेन्टरको लागि बेलारिकामा आफूहरूले हालेको अफर स्वीकृत भइसकेकाले आफूले बोलकबोल गरेको रकम दिएर प्याब्फोनलाई दिएर सहयोग गर्न नेपालीहरूलाई अपिल गरे । नेपालबाट आएका कान्तिपुर डेन्टल कलेज अफ टिचिङ अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले नेपालमा गरेको दन्त चिकित्साको बारे बोल्दै एन आर एन सँग मिलेर काम गर्न चाहेको बताए । जिबिएनसिका महासचिव राजकुमार थापाको भोट अफ थ्याँङ्कसमा बैसाखी साँझलाई सहयोग गर्ने सबैलाई सम्झी सम्झी धन्यवाद दिए । त्यसपछि सभापति कुँवर ले पहिलो चरणको औपचारिक कार्यक्रम समापन गरेका थिए । त्यसपछि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सुजना राजकर्णिकार र सोनाम शेर्पा व्दयको सञ्चालनमा जमेको थियो । 

नेपाली बाद्धबादनका बिद्धार्थी एभरेस्ट ब्याण्डका साना भाइहरू अनुभव थपलिया, प्रनवा फुयाँल, स्वयम् पोखरेल, एडराईन प्रधान सहित चारजनाको सामूहिक प्रस्तुतिले हललाई सुरुमै सँगितिक माहौल तर्फ डोराएको थियो त्यसपछि स्टेजमा एक से एक प्रस्तुति प्रस्तुत भएका थिए । फुलै मञ्जरीले .. बोलको गीतमा पर्निका फुयाँलको एकल नृत्य, म त गाऊ की गोरी रे .. गीतमा निरु गेलाल को एकल नृत्य, हे गोली सिसाको ..बोलमा सुहानी कार्की र सँजिता एथ्रियाज को युगल नृत्य, मिश्रित नेपाली गीतमा जेसिका सिखडा र मिक्स मुबि गीतमा शिलु मानन्धरको नृत्यले सबैलाई जुरुक्क जुरुक्क बनाएको थियो, त्यसै गरी नेपाली फिल्मी गीतमा गणेश राजभण्डारी को नृत्य र सशक्त युवा विकास मगरको विशेष प्रस्तुतिले सबैलाई हौस्याएको थियो । 

सांस्कृतिक कार्यक्रम पश्चात् जिबिएनसीले नयाँ पुराना सबै कलाकारहरूलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरेको थियो । नेपालदेखि आएका खेलाडीको स्वागत सम्मान र वैकुण्ठ मानन्धर फाऊण्डेशनको लागि कार्यक्रममा स्वेच्छाले उठेको रकम ७९१ डलर स्टेजमा पूर्व खेलाडी एवं समाजसेवी किरण खडाकाको मन्तव्य सहित हस्तान्तरण गरियो । कार्यक्रमको अन्तिममा डिजे घन्काऊदै रिमिक्स र नेपाली गीतमा डिजे मुकुन्द तथा स्याण्डीले सबैलाई नचाएपछि कार्यक्रम सकिएको थियो । यसपालि स्थानीय नेपाली कलाकारलाई जोड दिँदै प्रोत्साहन गरिएको थियो कलाकारहरूले रिहर्सल तथा ड्रेस आफै व्यवस्था गरेर परफमेन्समा जुटेकाले संस्थालाई ठुलो सपोर्ट भएको थियो सो को लागि जिबिएनसीका अध्यक्षले सबैप्रति आभार व्यक्त गरे । बैसाखी साँझमा बोष्टन स्थित नेपाली सङ्घ संस्थाहरू, पशुपतिनाथ बुद्ध फाऊण्डेशन, एन आर एन, हिमालयन लायन्स क्लब, तमु समाज, अनेसास, गुरुङ समाज, तामाङ समाज, शेर्पा समाज, किराँत राई अर्गनाईजेशन , नेवा ऊर्गनाईजेशन , मगर समाज, एन डब्लु जी एन, राज मित्र स्मृति प्रज्ञा प्रतिष्ठान, लगायतका सङ्घ संस्थालाई सम्झिएको थियो साथै सबैको प्रतिनिधित्व गर्दै आसन ग्रहण गराइएको थियो । 

यसरी सम्पन्न बैसाखी साँझको पोग्रामको अर्डिनेटर दिनेश पाण्डे थिए । संस्थाका सचिवालय पदाधिकारीहरू अर्जुन कुँवर, मिलन कुमार कार्की,जाल प्रसाद घिमिरे,आजाद प्रधान, राज कुमार थापा, परशुराम फुयाँल, चिरञ्जीवी आचार्य, घनि न्यौपाने, सुनिल नेपाली, सन्दीप भट्टराई लगायत जिबिएनसिका सम्पूर्ण पदाधिकारीहरूले विगत लामो समयदेखि तन मन दिएर कामको बाँडफाँड गर्दै आ-आफ्नो जिम्मेवारी निभाएकोले कार्यक्रम पूर्ण सफल भएको हो ,कार्यक्रममा नेपाली परिकार को व्यवस्था गर्ने जिबिएनसिका पूर्व अध्यक्ष ध्रुव घिमिरे एवं कोरियन्डर बिष्ट्रो परिवार ,फोटोग्राफीमा साथ दिने सान प्रधान, भिडियोग्राफीमा सहयोग गर्ने शिव मिश्र, मिडिया कभरेजमा पूर्व मिडिया डाइरेक्टर यम पौडेल, सहित कार्यक्रमको प्रमुख स्पोन्सर गर्ने फाइनान्सीय सर्भिस प्रोफेसनल एण्ड लाइसेन्स एजेन्ट न्यु योर्क लाइफ इन्सुरेन्सका कृष्ण लोहनी समेतलाई विशेष धन्यवाद भन्दै कलाकारहरू बाहिरबाट नल्याई स्थानीय कलाकारलाई स्थान दिँदा संस्थाको व्ययभार केही कमी हुन गयो फेरि सहभागिता उत्साहप्रद हुन गयो जसले गर्दा यसपालिको बैसाखी साँझ विगत केही वर्षको तुलनामा नाफामूलक हुन गयो । संस्थाप्रति आस्था वान पुराना तथा नयाँ सबै साथीहरू प्रतक्ष्य, अप्रतक्ष्य सहयोग गर्ने लागिपर्ने सबै सबैप्रति हार्दिक आभारी व्यक्त गर्दछु, अध्यक्ष अर्जुन कुँवरले बताए । 

स्मरण रहोस् आज भन्दा २९ वर्ष अगाडी १९८९मा बोष्टनमा स्थापित जिबिएनसि, नेपालीहरूको दुख सुख, मर्दा पर्दाको साथी बन्दै आएको छ, साथै नेपाली कला संस्कृतिको जगेर्नार्थ यसले कम्तीमा पनि नेपाली नयाँ वर्ष र विजया दशमीको उपलक्ष्यमा वर्षमा दुई ठुला कार्यक्रम गर्दै आएको छ ।ग्रेटर बोष्टनमा नेपालीहरूको लागी भैपरिआऊने समस्याका लागी सबैको मुखमा सबभन्दा पहिला आउने नाम जिबिएनसी नै हो । यसबाट थुप्रै नेपाली र नेपाली परिवार लाभान्वित भइसकेका छन् । साथै नेतृत्व र समाजसेवा गर्न चाहने थुप्रै नेपालीलाई फ्लोर दिइसकेको छ,पुरानाहरूमा यसमा काम नगर्ने नेपाली पाउन मुस्किल हुन्छ । संस्थामार्फत नेपाल र नेपालीको लागी भए गरेका सामाजिक कामहरूको ठुलै फेहरिस्त पाउन सकिन्छ । पछिल्लो पटक संस्था वैधानिक बनाई फाइब ओ वान सी थ्रि नन प्रफिट सोसियल अर्गनाईजेशनको रूपमा अगाडी बढाएपछि यसको सदस्यता लिने आजीवन सदस्यता बन्ने क्रम सुरु भएको छ ।