अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

अमेरिकाको बोष्टनमा तिज उत्सव सम्पन्न

यम पौडेल २०७६ भदौ २२ गते १०:०१ मा प्रकाशित

बोष्टन, अमेरिकाको बोष्टनमा हरितालिका तिज अगस्ट ३१, २०१९ शनिवारका दिन सम्पन्न भएको छ । विश्व नेपाली महिला सञ्जाल (एनडब्लुजि एन)द्वारा आयोजित तिज विगतका वर्षहरूमा जस्तै यसपालि पनि निकै उत्कृष्ट थियो । समरभिल सिटी स्थित १९१ हाइल्याण्ड एभमा लिइएको कार्यक्रम हललाई सिँगार्नु सिँगारेर रातो साडी रङ्गी बिरँगि चुरा पोते पाऊ जेप छड्के तिलहरिले सजिएका करिब ४५० महिलाहरू सहभागी भई नयाँ तथा पुराना तिजका गीत सँगै छमछमी नाचेका थिए । विदेशीले हेर्दाको त कुरै छाडौँ नेपाली आँखामा समेत विशेष भरिभराऊ देखिएको तिज उत्सवले सबैको मन जितेको थियो । कार्यक्रम हल वरपर राताम्य नेपाली महिलाहरूको भिड थियो । 

एनडब्लुजिएनले नेपाली कला संस्कृतिको जगेर्ना गर्दै तिजलाई विशेष रूपमा मनाउन थालेको बोष्टनमा पाँच वर्ष भई सकेको छ । यसपालि पनि ३ महिनादेखि संस्थाका महिला दिदी बहिनी तिज उत्सवको लागी परेका थिए । नेपाली सेल रोटी, दर, खिर तथा विविध नेपाली परिकारको व्यवस्था थियो । बेलुका ५ः०० बजे देखि १०ः०० सम्म जमेको तिजमा स्टेजबाट मन्तव्य दिने कार्यक्रम खासै थिएन । सुरुमा संस्थाकी रोशन घिमिरे ले ध्यानाकर्षण गरे लगतै एन डब्लु जी एन कि वर्तमान अध्यक्ष शान्ति जोशीले कार्यक्रमको लागी खटने सहयोग गर्ने तथा सहभागी सबैलाई सम्झी सम्झी धन्यवाद दिएपछि कार्यक्रम सिधै नाचगान तर्फ मोडिएको थियो । डी जे राजनको साउन्ड सिस्टम सँगै घन्काइएका रमाइला रमाइला तिजे गीतहरू र केही नेपाली लोक गीतहरूमा महिलाहरू नाच्नसम्म नाचेका थिए । पुरुषलाई समावेश नगराइएको सो कार्यक्रममा खाना व्यवस्था, मिडिया र साउन्ड सिस्टम तर्फ मात्र कताकति २\४ जना पुरुष देखिन्थे । विदेशी भूमिमा सबै दुख बिर्सेर नेपाली महिलाहरू व्यवस्थित र मर्यादित रूपमा नाचेका थिए साथै स्वच्छ मनोरञ्जन सँगै आफ्नै संस्कृतिमा रमाएका थिए । एनडब्लुजिएनको नेतृत्व सँगै बोष्टनमा महिलाहरू आपसी हक हित र एकताका लागी एकजुट हुन थालेको पनि ५ वर्ष भइसकेको छ ।

कार्यक्रमको बिचमा रमाइलो गर्दै चिट्ठा खोलिएको थियो । राफल चिट्ठाको लागी मिना पुडासैनी, रुक्मिणी बस्नेत र रिता रानाले सौजन्य गरेका थिए । त्यस्तै तिज कार्यक्रम तयारीको लागी विभिन्न जिम्मेवारीमा रहेर संस्थाका महिला दिदी बहिनीहरूले काम समापन गरेका थिए । साथै यसपटकको तिजलाई विशेष सौजन्य सहयोग प्रदान गर्ने महानुभावहरू थ्रेडिङ प्लेसकि अन्जु श्रेष्ठ, शिव श्रेष्ठ, निर्मला अर्याल, एन्ड्री डेजम, नान्सी लार्ज, डा. गरिमा राणा लगायत हललाई चाहिने पानी बोतल सौजन्य गर्ने हजुरी सीँ, रिता राना र मञ्जु कुँवर,एवं कार्यक्रमलाई सहयोग गर्ने अभानी अर्ग्यानिक सालोन कि गीता श्रेष्ठ, निःशुल्क तिज टिकट बनाई सौजन्य गर्ने सुरेश वाग्ले, ७० वर्ष माथिका दश आमाहरूलाई टिकटको सौजन्य गर्ने स्वयं आफू लगायत एन डब्लु जी एन का अग्रज एवं वर्तमान पदाधिकारीहरू साथै सम्झँदै संस्थाको तर्फबाट अध्यक्ष शान्ति जोशीले सबैलाई मुरी मुरी धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्नुभयो ।