अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

एजियुको ४० औ सम्मेलनमा नेपालको सानदार उपस्थिति रहने

कोरियाको युनिभर्सिटीबाट नेपाली चेली आस्था बिन्दु मल्लको छनौट

अर्जुन बराल २०७६ मंसिर २१ गते २२:४७ मा प्रकाशित

कोरियाको युनिभर्सिटीबाट नेपाली चेली आस्था बिन्दु मल्लको छनौट

सिओल, दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतमा रहेको ईन्भारमेन्ट कर्पोरेसन विभागको अनुसन्धानकर्ताका रूपमा रहँदा गरेका रिसर्चको मूल्याङ्कन सहित सौल नेशनल युनिभर्सिटीमा रिसर्चरका रूपमा कार्यरत आस्था बिन्दु मल्ल ठकुरी अमेरिकन जियोफिजिकल युनियन (एजियु)ले यही डिसेम्बर ९—१३ सम्म अमेरिकाको सनफ्रान्सीस्कोमा आयोजना गर्ने ४०औ सम्मेलनका लागि छनौट सँगै त्यस तर्फ प्रस्थान गदै छिन् ।

विश्वका सय भन्दा बढी देशबाट प्रोफेसर, विद्यार्थी सहित विभिन्न क्षेत्रका सफल अनुसन्धानकर्ता अनि वैज्ञानिक समेत गरी हजारौँको उपस्थिति रहने सो सम्मेलनमा काठमाडौँ विश्वविद्यालय प्रोफेसर सुबोध शर्मा, आकाङ्क्षा बुढाथोकी सहित अन्य देशमा रहेका अनि अमेरिकामा पढेर सफलरुपबाट रिसर्च गरेका नेपालीको समेत उपस्थिति रहने छ ।

बिश्वब्यापीरुपमा बढेको जलवायु परिवर्तनबाट परेका समस्या र समाधानका लागि नेपालले सम्भबत पहिलो पल्ट नेपालकै आफ्नो सेसन “Water and Environment Challenges Under a Changing Climate Over The High-Himalaya mountains Nepal” अन्तर्गत रहेर छुट्टै छलफल गर्ने छ भने छलफल स्थलमा पृथ्वी र अन्तरिक्ष विज्ञानको नविनतमरुपमा अनुसन्धान गरेका प्रख्यात अनुसन्धानकर्ता र वैज्ञानिकहरू रहने छन् जसमध्ये आस्था बिन्दु मल्ल ठकुरीले “Challenges and opportunities of Mountain Waste Management in Nepal” विषयमा महत्त्वपूर्ण स्पिच दिने छिन् जसले गर्दा नेपालको हिमाली क्षेत्रमा परिरहेको जलवायु परिवर्तनको असरका विषयमा बिश्वसमुदायलाई अवगत हुने अनुमान लगाउन सकिन्छ ।

विकसित देशका तुलनामा नेपालले हरित गृह ग्याँसको न्यून मात्रामा उत्सर्जन गरे पनि तापक्रम वृद्धिका कारण बिशेषत हिमाली भेगमा बहु आयामिक असर परिरहेको छ भने औद्योगिक मुलुकहरूले कार्बनडाई अक्साईड ग्याँस अत्यधिक उत्सर्जन गरेका कारण नेपाल जस्ता विकासोन्मुख मुलुकहरूले यसलाई खप्न सक्ने हैसियत प्राप्त गर्न र हरित गृह ग्याँस भविष्यमा अहिलेको अनुपातमा बढ्दै गएको खण्डमा स्थिति अझ भयावह हुने निश्चित छ । तसर्थ जलवायु परिवर्तनको बहु आयामिक असरका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समस्या समाधानका लागि साझा प्रयासको खाँचो देखिएको छ भने यस सम्मेलनबाट नेपाल लगायत विश्वका विकासोन्मुख राष्ट्रहरूलाई टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू