अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

कोरियाली माझ नेपाल चिनाउने रुद्र कोरियाली लगानी भित्राउन नायक बन्दै

अर्जुन बराल २०७८ कार्तिक २२ गते ९:४४ मा प्रकाशित

दक्षिण कोरिया । शिव भगवानका एघार गणलाई मिलाएर बनाइएको नाम अर्थात् शिवको प्रलयकारी एक रूप भन्दा फरक नपरे जस्तै उनको काम अनुसारको नाम रुद्र शर्मा । आजभन्दा ५१ वर्ष पहिला पर्वत जिल्लाको राम्जामा पिता शिव प्रसाद उपाध्याय र माता तुलसी उपाध्यायका दोस्रो सन्तानका रूपमा जन्मिदा आफूलाई प्रख्यात भन्ने ज्योतिषीले पनि सायद भविष्यवाणी गर्न चुके होलान् उनले राष्ट्र प्रति के–कस्तो महत्त्वपूर्ण योगदान सहित उनका जीवनका पाइलामा के–कस्ता प्रगतिका खुड्किला पार गर्दै सफलता प्राप्त गर्दछन् भन्ने ?

एउटा सामान्य गाउँमा जन्मिएको युवक अल्लारे उमेरमै पढाईसँगै केही गर्छु भन्दै बाबाआमासँग टाढिएर दुरीले खासै टाढा नभए पनि पर्वत देखि पोखरामा झर्नु सानो कुरो पक्कै थिएन । पर्वत देखि महँगो सहर पोखरा झरेपछि थोमस एडिसन देखि स्टीवन पल जब्स सम्मको सङ्घर्ष र सफलताका कथा धेरै पढे, सफलता के हो ? बुझ्नका निम्ति धेरै पटक लडे, शरीरभरि चोट लाग्यो खत बस्यो तर उनले त्यो अल्लारे उमेरले बुझ्न त सकेनछन् तर आमाको मजेत्रौ फेर्नु पर्छ भन्ने मैलै बुझे उनी भन्छन् । सेती नदिको शालीन बगाई सहित त्यसको लोकप्रियता देखेका उनले हरेक पटक लड्दा आफैलाई चुनौती दिँदै भन्दथे “जाबो केही गर्न नसक्ने पनि के जिन्दगी केही गर्न सके पो जिन्दगी जिउनुको मज्जा” बाउ म उनका कुराबाट प्रभावित भएर आफ्नो रेकर्डलाई उनले थाहै नपाउने गरी अन गरिदिए ।

यात्रा त अनवरत हुन्छ कुनै यादगार हुन्छन् कुनै बेकारका । तर उनले यात्रालाई यादगार बनाउन पोखरामै एभरेष्ट ल्याङ्गवेज ईन्ट्रिटयुट खोली डाइरेक्टरसँगै आफै अङ्ग्रेजी विषय प्राध्यापन गराउन थालेको बताइरहँदा रेकर्ड बन्द गर्न मन नलागेको होइन तर पनि प्रश्न गर्दै भनी हाले जाबो जिन्दगी !

हो उनलाई त्यही जाबो जिन्दगीले केही गर्नु पर्छ भन्ने अभिलाषाको भारी बोकाएर सन् २००० मा हङकङको सेन्ट्रलसिटीमा पुरायो । अरूलाई ज्ञान बाँड्ने शिक्षक बनेका उनी अमेरिकन नागरिकको सहकार्यमा बु्रसली क्याफे नामक रेस्टुरेन्ट खोलेर ब्यबसायीक प्रशिक्षार्थी बने । हङकङको सेन्ट्रलसिटीमा दुईबर्षमै ब्रुसली क्याफेको लोकप्रियता ह्वात्तै बढेता पनि उनीले आफूलाई असफल नै देखे उनी हाक्कीदै दक्षिण कोरिया पर्यटन भिसाका रूपमा पुगे ।

अन्तर्राष्ट्रिय बजार त्यहीमाथि विश्वमा प्रख्यात सहर हङकङ । जे गर्दा पनि सुरुवात जिरोबाटै गर्नु पर्छ । एउटा गुणस्तरीय अङ्ग्रेजी शिक्षक पेसाबाट अलग्गिएर व्यवसायमा रमाउन खोजेका उनी त्यसबाट हात टकटकाएर दक्षिण कोरिया पुगेका उनलाई एकै पटक सुनको अण्डा मिल्ने त कुरै थिएन अनि सोचेजस्तो हुने त भएन नै । शिक्षक, व्यवसायी हुँदै अदक्षताको ट्याग भिरेर आप्रवासी कामदारमा दक्षिण कोरियामा पुगेपछि देशको माया हृदयमा कति हुन्छ ? बल्ल अनुभूति गरे उनी छातीमा हात राख्दै सुनाउँदा साँच्चै यथार्थता पनि एकादेशको जस्तो लाग्दथ्यो । केही गर्छु भन्ने अभिलाषाले भोकाएका उनी कोरियामा रहँदा आप्रवासी कामदार मात्र भएर रहेनन् यसबिचमा केही जान्नु पर्छ भन्ने हुटहुटीले कोरियन भाषा, संस्कृति, रीतिरिवाजमा समेत दक्ष जानकार रहन पुगे र छोटो समयमै स्वदेश फर्किए । उनले त्यो नेपाल बसाई पटक्कै उपयुक्त लागेन ।

उनी दक्षिण कोरिया पुनः सन् २००५ मा व्यावसायिक भिसामा प्रवेशसँगै सानो आर्यात निर्यात सहित देशकै नाम राखेर दक्षिण कोरियाको राजधानी सउलमै “फस्ट नेपाल” होटेल व्यवसाय सुरु गरे भने त्यसको केही समयमा नेपालबाट भर्खर रोजगार प्रक्रिया प्रणालीबाट प्रशिक्षार्थी कामदारका रूपमा भाषा परीक्षा उर्तीणलार्ई प्रशिक्षार्थी कामदारका रूपमा कोरिया लैजाने सरकार स्तरीय निर्णय भयो । हो जिन्दगीमा उनी यही रोजगार प्रक्रिया प्रणालीको सरकार स्तरीय निर्णयको माध्यमबाट ब्यबसायिक सफलताको सिँढीमा एक कदम अगाडी बढ्न सफल भए । सानो सेवाको रूपमा नेपाली, अङ्ग्रेजी, कोरियन भाषामा लेखिएको पहिलो कोरियन भाषा पुस्तकले उनको ब्यबसायीक सफलतालाई करोडमा पुरायो । सन् १९७० मा पर्वतको राम्जामा जन्मिएको युवक सन् २०१३ सम्म आइपुग्दा कोरियामा ८ वटा नेपाली रेस्टुरेन्टका मालिक सहित कैयौँ कोरियन रोजगारदाताको नजरमा नेपाललाई परिचित गराउँदै लोकप्रिय बन्न पुगिसकेका थिए ।

दक्षिण कोरियामा उनले समयको महत्त्व राम्रै सँग बुझे । कोरियाका विभिन्न क्षेत्रका उच्च पदस्थ ब्यक्तिसँग उनलाई फस्ट नेपाल नामक होटेल व्यवसायले नजिक गराएको थियो । संयोग दुर्भाग्य भनौँ वा के ? त्यसै समय नेपालमा भूकम्प गयो धेरै नै धनजनको क्षति भयो राष्ट्रलाई परेको विपत्ति उनी टुलुटुलु हेरेर बस्न सकेनन् । दैबीप्रकोपबाट परेको आपत्कालीन क्षतिलाई कम गर्न सकिन्छ कि भन्ने हेतुले फस्ट नेपालले नै गर्दा कोरियन डाक्टरको मेडिकल टिमको नेतृत्व गर्दै उनी नेपाल आय त्यसबिचमा उनको टिमले भूकम्पबाट प्रभावित लगभग ६५०० जनाको स्वास्थ्य उपचार गरेको थियो । हो त्यही टिमका वरिष्ठ डाक्टर जोन जो नेपाललाई औधी माया गर्ने र नेपाल दर्जनौँ पटक आइसकेका र नेपालको अवस्था पनि राम्रोसँग जानकारसँगै रुद्र प्रति प्रभावित भएर उनकै गाउँमा केही गरिदिने योजना बनाएर कोरिया फर्किए । पछि उनै जोनको सक्रियतामा दक्षिण कोरियाको ख्वाङ्जु महानगरपालिकाको समन्वयसँगै पर्वतकै डिमुवामा एडभान्स मेडिकल सामाग्री सहित लगभग ४ करोड नेपाली रुपैयाँको लगानीमा समयअनुकुल कोरियन डाक्टरको समेत निःशुल्क सेवा र सुविधा उपलब्ध रहने गरी ख्वाङ्जु क्लिनिक खोलाउन उनी सफल भए । यस क्लिनिकलाई आजको अवस्थामा अस्पतालमा परिणत गरेमा पनि आधुनिक सेवासुबिधा सहित ५० बेड क्षमता रहने रुद्र बताउँछन् ।

उनी आफूलाई अझ पनि जिरोको तहमा देख्ने र विदेशमा प्रख्यात रहेका नेपाली मध्य आफू केही नभएको सोची प्रचार प्रसारमा खासै रुचि नराखी गुमनाममा आफू रहेर देशलाई चिनाउनुपर्छ भन्ने सोचमा दौडिने रुद्रले नेपालमा पनि आफ्नै लिडरसिप र रिर्टर्नी युवाहरूको संलग्नतामा नेपाल हाउस नामक होटेल लोकल तथा ईन्टरनेशनल फेन्चचाईजको सुविधा सहित नेपालकै सम्भवतः ठुलो कन्फ्रेसनल हलको सुविधा उपलब्ध हुँने गरी व्यवसाय स्थापना गरेका छन् जसमा तत्काल १०० जना भन्दा बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपबाट रोजगारमा जोडाएका छन् भने निकट भविष्यमा विभिन्न क्षेत्रमा व्यवसायलाई बिस्तार गरी विस्तृत रूपमा नेपालीलाई रोजगार दिलाउने योजनाका साथ अगाडी बढिरहेका छन् । कोरियाको प्रविधि नेपाल भित्राउने उद्देश्यका साथ तत्कालीन उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहितको नेपालको विभिन्न क्षेत्रको प्रतिनिधि सम्मिलित टोलीलाई कोरिया भ्रमण गराएका छन् । नेपालमा लगानी सुरक्षित नभएको हल्ला भए पनि त्यस्तो हल्लालाई चिर्न निर्माण व्यवसाय, गल्फ स्पोर्ट, होटेल व्यवसायमा लगानी रहेका कोरियाका धनाढ्य ब्यक्तिलाई धेरै पटक नेपाल भ्रमण गराएका छन् उनीबाट छिट्टै नेपालमा केही प्रोजेक्टमा लगानी हुने पक्कापक्की जस्तै छ भने कोरियाका अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गरी प्रख्यात अन्य ब्यत्तिले पनि नेपालमा लगानीको लागी उनीसँग समन्वय गरिरहेका र कोरियनहरूलाई नेपालमा लगानी गर्न उपयुक्त छ भन्ने बनाउन लागिपरेको ढुक्कको साथ उनी भन्छन् ।

त्यस्तै कोरियाबाट हुने अवैधानिक आर्थिक कारोबारलाई रोक्न सन् २०१८ बाट आफै ईन्भेस्टर डाइरेक्टरको रूपमा रहने गरी स्टार रेमिट कम्पनी सञ्चालनमा ल्याएका छन् । कोरियाका दर्जनौँ रेमिट कम्पनीमा मुख्यतः विदेशी प्रमुख नरहेका भए पनि हाल उनी आफै यस कम्पनीका प्रमुख भएका छन् । यस कम्पनीमा कुल शेयरको ८० प्रतिशत नेपालीकै लगानी रहेको र निकट समयमै विश्वका ३० भन्दा बढी राष्ट्रहरूमा कम्पनीको सेवालाई बिस्तार गर्ने साथै यस स्टाररेमिटले नेपाली सहित नेपालको रोजगारको आकर्षणको गन्तव्य कोरियामा नै कोरियन नागरिकलाई रोजगार दिएको उनी बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू