अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

दक्षिण कोरियामामा हालसम्म २४५ नेपालीको मृत्यु

दुई नेपालीद्वारा आफ्नै सहकर्मीको हत्या

अर्जुन बराल २०८० साउन २२ गते २१:३९ मा प्रकाशित

दुई नेपालीद्वारा आफ्नै सहकर्मीको हत्या

सोल, कोरिया । सन् १९७४ मे १५ मा नेपाल–दक्षिण कोरिया बिच कूटनीतिक सम्बन्ध स्थापनाको तीस वर्ष पछि सन् २००५ मा दुई देशबिच हवाई तथा सांस्कृतिक सम्झौताको विकसित सम्बन्धको बिस्तार सँगै कोरियामा नेपाली आवासीय दूतावास सन् २००७ मा स्थापित पश्चात् सन् २००८ देखि दक्षिण कोरियाले रोजगार प्रक्रिया प्रणाली (ईपिएस) को भाषा परिक्षा उत्तीर्णको प्रक्रिया मार्फत नेपाली कामदारलाई जिटुजी अर्थात् दुवै देशको सरकारी तवरको माध्यमबाट कोरियाको श्रम बजारमा अनुमति प्रदान गरेपछि नेपालीहरूका लागि उत्कृष्ट वैधानिक रोजगारको गन्तव्य मुलुकमा सुचीकृत रहेको दक्षिण कोरियाले पछिल्लो समय सक्दो छिटो श्रमिक पठाउन सक्ने देशका श्रमिकलाई प्राथमिकता दिने नीति अवलम्बन सँगै नेपालबाट जाने कामदारको संङख्यामा भएको वृद्धि सहित दक्षिण कोरियामा कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्ने गरी हालसम्म लगभग ९० हजारको संङख्यामा नेपाली पुगिसकेका छन् ।

पछिल्लो समय श्रमिक भिषामा दक्षिण कोरिया आएर भिषा परिवर्तन पश्चात् विभिन्न व्यवसायमा संलग्न,पेसागत रूपमा कार्यरत,स्थायी बसोबास,शरण लिन आवेदन गरी बस्ने,पारिवारिक भिषा,पारिवारिक स्वास्थ्य उपचार,वैवाहिक सम्बन्ध,विद्यार्थी लगायतका भिषामा रहने नेपालीको सङ्ख्यामा वृद्धि भएको देखियतापनि हालका दिनमा नेपालीहरूमा औद्योगिक दुर्घटना, आकस्मिक मृत्यु, आत्महत्या, डिप्रेसन, लगायतका घटनामा नेपाली कामदारहरूको मृत्यु भएको देखिन्छ । सोलस्थित नेपाली दूतावासले प्रवासी श्रमिकका लागि विविध किसिमका परामर्श सेवा उपलब्ध गराएको भएता पनि सङ्ख्यात्मक हिसाबले आत्महत्या र आकस्मिक मृत्युको घटना गंभिर रूपमा देखिएको छ जसमध्ये रोजगार प्रक्रिया प्रणालीमार्फत कोरिया आएकाहरुनै बढी देखिन्छन् ।

दूतावास स्थापना पछिको विगत पन्ध्रबर्षकोे कालखण्डमा आत्महत्या,आकस्मिक मृत्यु,औद्योगिक दुर्घटना, विविध रोगको कारणले गरी कूल २४५ जनाको मृत्यु भएको साथै कार्यस्थलमा भएको औद्योगिक दुर्घटनामा ज्यान गुमाएका र कार्यस्थलमै भएको घाँउचोट अङ्गभङ्ग इत्यादि घटनाबाट पीडितहरूको परिवार समक्ष हालसम्म कूल ५० करोड नेपाली रुपैयाँ क्षतिपूर्ति पुगेको सोलस्थित नेपाली दूतावासको दाबी छ भने समुन्द्र तटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका एक नेपालीको हकमा दूतावासको कानुनी पहल कदमीले मृतकका परिवारले नेपाली ४५ लाख क्षतिपूर्ति प्राप्त गरेका छन् ।

दक्षिण कोरियामा नेपाली श्रमिकको संङख्या दिनानुदिन बढे पनि नेपालीदुतावास सँग आफ्ना नागरिक कहाँ,कसरी,कुन अवस्थामा छन् भन्ने वास्तविक तथ्याङ्क नै छैन । सोलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराई यस विषयमा जानकारी नै नभएको भन्ने होइन हामीले कोरियाको परराष्ट्र मन्त्रालय मार्फत कोरियाको जेलमा के कस्तो अवस्थामा नेपाली छन् या छैनन् त्यस बिषयमा लिखित जवाफ मागेको भए पनि त्यसको पूर्ण विवरण सम्बन्धी व्यक्तिको अनुमति बिना कोरियाको कानुन अनुसार दिन नमिल्ने भएता पनि सङ्ख्यात्मक तवरले कोरियाको विभिन्न जेलमा २८ जना नेपाली रहेको जसमध्ये ११ जनाले आफ्नो विवरण दिन अनुमति दिएको र अपराध र सजायको बारेमा जानकारी दिन इन्कार गरेको हुँदा उनीहरूको नाम मात्रै दूतावासले प्राप्त गरेको प्रतिक्रिया दिएका छन भने एनआरएनए कोरियाका पूर्बअध्यक्ष यज्ञराज सुबेदी विशेषतः कोरियाको अध्यागमन नियमको उल्लङ्घन गरेका,भ्वाईस फिसिङ र अवैधमनि ट्रान्सफरमा अन्जानबस कानुनी फन्दामा फसेका र फौजदारी अपराधमा नेपालीले सजाय भोगेको हुन सक्ने र यस बिषयमा कूटनीतिक माध्यमबाट जानकारी लिन सकिने साथै कोरिया प्रबेश पूर्ब श्रमिकलाई यसबिषयमा जानकारी गराउन सके नेपाली समाजलाई फाईदा पुग्ने बताउँछन् ।

दक्षिण कोरियामा नेपाली श्रमिक आगमनको पन्ध्र वर्षमा दुई नेपालीको सहकर्मीबाटै हत्या भएको छ । जसमध्ये कोरिया प्रवेश गरेको १५ दिनमै भोजपुरका परशुराम राईले सहकर्मी काभ्रेका सुदिप रावतलाई आठ वर्ष अगाडी सुतेको अवस्थामा चिर्पटले हानेर हत्या गरेका थिए । जसलाई यहाँको अदालतले १३ वर्षको कारावास सजाय सुनाएको थियो । यस विषयमा मृतकका भाइ प्रदीप रावतले सोलस्थित नेपाली दूतावासले अपराधीलाई कति वर्षको सजाय भयो ? अदालती प्रक्रिया के कस्तो हुँदै छ तत्कालीन समयका श्रम सहचारी अनिल गुरुङले दिएको जानकारीबाहेक आफ्नो परिवारसँग दूतावासको आजसम्म सम्र्पकनै नभएको प्रतिक्रिया दिए भने गतबर्ष नुवाकोट घर भएका प्रकाश बिकलाई पाँचथर घर भएका राजेश बुढाथोकीले छुरा प्रहार गरी हत्या गरेका थिए जुन अपराधमा सरकारी वकिलले उनलाई २५ वर्षको कारावास सजायको अभियोेगपत्र दर्ता गरे पनि अदालतले उनलाई १७ वर्षको कारावास सजाय सुनाएको छ भने राजेश बुढाथोकीले आफ्नो १७ वर्षको कारावास सजाय घटाऊनका लागि कानुनी अपिल गरेको र त्यसको फैसला भै नसकेको दूतावास स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू