अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

दुबईमा १७ वर्षपछि नेपाली रोजगार मेला, वैदेशिक रोजगार व्यवसायीका ६३ स्टल

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:४६ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (युएई)मा नेपाली रोजगार मेला आयोजना भएको छ । वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र दुबईस्थित नेपाली दूतावासको संयोजनमा आयोजना भएको मेलाको श्रममन्त्री शरतसिंह भण्डारीले उद्घाटन गर्नुभयो । दुबइस्थित जेडब्ल्यू म्यारियट होटलमा आयोजित मेलामा युएइ सरकारका विदेशम मन्त्रालय र रोजगार विभागका अधिकारीको पनि सहभागिता रहेको थियो, भने ६३ वटा स्टल थिए ।

वैदेशिक रोजगार व्यवसायी र रोजगारदाता कम्पनीको प्रत्यक्ष सम्पर्कको अभावका कारण बिचौलियाले फाइदा लिएको र उनीहरुलाई कामदार भर्ना प्रक्रियाबाट पन्छाएर म्यानपावर कम्पनी र रोजगारदाताको प्रत्यक्ष सम्बन्ध स्थापित गर्नका लागि रोजगार मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष भण्डारीले बताउनुभयो ।मेलाले नेपालमा दक्ष कामदार उत्पादनका लागि लगानी बढाउन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले युएईपछि नेपाली कामदार बढी भएका देशहरुमा पनि जब फेयर आयोजना हुने बताउनुभयो ।

संघका सल्लहकार तथा नेपालबाट सबैभन्दा जनशक्ति पठाउने द रिभर ओभरसिजका संचाकल रघू पुरीले बिचौलियाबाट जोगिँदै कम खर्चमा वैदेशिक रोजगारीमा जान कामदारलाई मेलाले सहयोग पुग्ने बताउनुभयो । नेपालका मेनपावर र त्यहाँका रोजगारदाता कम्पनीबीच सिधै सम्बन्ध हुँदा कामलाई आर्थिक भार कम पर्ने र ठगिने सम्भावना पनि कम हुने उहाँले बताउनुभयो। १७ वर्षपअघि तत्कालीन अध्यक्ष एलपी साँवा नेतृत्वको कार्यसमितिले मेलाको आयोजना गरेको थियो । मेला लामो समयपछि आयोजना भएपनि अब भने अन्य देशहरुमा आयोजना गरी नेपाली कामदारलाई सहयोग पुर्याउने उद्देश्य रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

नेपालबाट वैदेशिक रोजगारमा पठाउने व्यवसायी र रोजगारदाताको प्रत्यक्ष भेटका लागि उक्त मेला आयोजना संघले बताएको छ ।यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहेको मेला उपलब्धि मूलक बनेको ब्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू