अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

NRN कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङमाथि आर्थिक पारदर्शिता नगरेको आरोप

अर्जुन बराल २०७६ कार्तिक १७ गते १०:२१ मा प्रकाशित

सिओल, नेपालका लागि नेपाली भन्ने मूल नारालाई आत्मसाथ गरी स्थापित गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सातौँ कार्यसमितिका अध्यक्ष यज्ञ राज सुबेदीले लामो समय सम्म पनि संस्थाको हिसाब किताब पारदर्शी तरिकाले नबुझाएकाले आर्थिक पारदर्शीताका लागी ढिलो गरेको खण्डमा आफूले कानुनी बाटो अवलम्बन गरी संस्थाको रकमलाई पारदर्शी बनाउन बाध्य हुनुपर्ने हुँदा जतिसक्दो छिटो निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङलाई हिसाब बुझाउनका लागि समयसिमा दिएको प्रमाण विशेष सूत्रबाट प्राप्त भएको छ ।

भएको के छ ?
विभिन्न कारणले दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि अस्थायी बसोबास गर्नेगरि गैह्र आवासीय नेपाली सङ्घ दक्षिण कोरिया अभिभावक रहने गरी उसकै सक्रियतामा स्थापित नेपाल हाउस स्थापनाको सातौँ वर्षसम्म आई पुग्दा पूर्ण लङ्गडो सरह रहेकै अवस्थामा निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले पूर्णरुपमा सञ्चालन गर्नेगरि ३,१५,००,००० कोरियन वन पैसासहित जिम्मेवार लिएता पनि विविध कारणले सौलको क्यापिटल सिटीमा रहेको नेपाल हाउस लक्ष्मी गुरुङकै कार्यकालमा दुई स्थान परिवर्तन गर्दासम्म आईसियुमा छटपटिएको अवस्था जस्तै छ सम्भबत बाँच्ने सम्भावना छैन भने यस दुईबर्षको अवधिमा नेपाल हाउसकै भाडा,मर्मत,स्थान परिवर्तनका नाममा ५,७३,१३,१३० (पाच करोड त्रिहत्तर लाख तेह्र हजार एक सय तीस) कोरियन वन अर्थात् नेपाली पचास लाख भन्दा बढी रकमलाई खर्च देखाइएको छ जुन खर्चलाई नयाँ कार्यसमितिले अस्वाभाविक बुझेको छ । आइसिसी सदस्य शुल्क व्यक्तिले तिर्नु पर्नेमा संस्थाले तिर्नेसरि केन्द्रमा ११,००,००० कोरियन वन रकम सहित अर्को केन्द्रलाई बुझाएको भन्ने शीर्षकमै ११,००,०००(एघार लाख) कोरियन वन निकासी सहित एनआरएनएलाई कोरियामा नै दर्ता गर्नेगरि संस्था दर्ताको लागि भन्ने शीर्षकमा ३०,००,०००(तीस लाख) कोरियन वन रकम खर्च देखाइएको भएता पनि कानुनी प्रक्रियाका लागि एक पैसा नबुझाएको नयाँ कार्यसमितिको आरोप सँगै निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले घुमाउरो पाराले पुरै तीस लाख कोरियन वन फिर्ता आउने बताएकी छिन ।

नारामा मजदुर मैत्री एनआरएन बताए पनि एनआरएनए कोरियाकी निवर्तमान अध्यक्ष गुरुङले आफ्नो र्दुइबर्षको कार्यकालमा संस्थाको तर्फबाट एक नेपाली मजदुरलाई मात्र तीन लाख कोरियन वन आर्थिक सहयोग गरेको देखाइएको बाहेक अरू छैन । उनले मजदुरका लागि आफ्नै ब्यतिगत खर्चमा धेरै सहयोग गरेको बताउँर्दै गर्दा राजदूत,पत्रकार अनि कोरियामा आउने मन्त्री,नेता लगायतका नाममा कुल ३७,९६,९०० (सैतीस लाख छयानब्बे हजार नौ सय) कोरियन वन रकमलाई भोजभतेरका नाममा गरिएको अनावश्यक खर्चका रूपमा नयाँ कार्यसमितिले मनोमानी भएको बुझेको छ । निर्वाचनको मुखमा विविध कारण देखाई नेपालीको घर नामबाट परिचित नेपाल हाउसलाई स्थान परिवर्तन गर्दा नेपाली असन बजार नामबाट परिचित दोङदेमुनमै निवर्तमान अध्यक्षको पूजा रेस्टुरेन्ट रहेकै भवनमा सारी नेपाल हाउस मर्मत शीर्षकमा गरेको खर्च रकम २२,००,०००(बाइस लाख) कोरियन वनलाई नेपाल हाउसका नाममा आफ्नै रेस्टुरेन्ट मर्मत गरेर खर्च देखाइएको नयाँ कार्यसमितिले आरोप लगाएको छ भने एनआरएनए कोरिया भित्र आर्थिक अनियमितताका विषयमा कोरियाको नेपाली समाजलाई नजिकबाट बुझेका एक जना मजदुर वैरागी माइलाले फेसबुकमार्फत यस विषयलाई लुकाउन नहुने भन्दै केही समय अघिदेखि नै आक्रोश पोख्दै आएका थिए ।

त्यस्तै कोरियामा रहेका नेपाली सङ्घसंस्थाले गर्ने कार्यक्रममा सहयोगका नाममा एनआरएनए संस्थाको कोषबाट बाँडिएको ४१,३१,००० (एकचालिस लाख एकतिस हजार) कोरियन वनलाई सहयोग गर्नुको कारण उल्लेख नभएकाले जथाभाबी गरिएको खर्चका रूपमा बिचार गर्नुपर्ने शीर्षकमा नयाँ कार्यसमितिले महत्त्वपूर्ण बुँदाको रूपमा राखेको छ । त्यस्तै अझ चाखलाग्दो कुरा त निवर्तमान कार्यसमितिका कोषाध्यक्ष आलोक बानियाको खातामा ५५,००,०००(पचपन्न लाख) कोरियन वन रहेको विवरण सहितको आर्थिक प्रतिवेदन निवर्तमान कार्यसमितिले बाहिर ल्याए पनि स्वयं गुरुङले पचास लाख मात्र रहेको बताएकी छन् जहाँ अध्यक्षको भनाई र आर्थिक प्रतिवेदन दुबैका अर्थमा पाच लाख कोरियन वन फरक परेर बाझिएका छन् भने कोषाध्यक्ष बानिया अवैधानिक कारोबारमा संलग्न रहेको आधारमा कोरियन प्रहरीले पक्राउ गरी डिपोर्ट गरिसकेको छ स्मरण रहोस् सातौँ अधिवेशनमा कोषाध्यक्षको खाताको रकम छ महिनाभित्र आफूले उठाउने गरी अध्यक्ष गुरुङले कागजीसहि गरेको भनेर निर्वाचन मण्डलले जानकारी गराएको छ ।

एनआरएनए दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङको छैठौ कार्यसमितिले आफ्नो कार्यकालमा कुल १२,८८,४२,५००(बाह्र करोड अठासी लाख बयालिस हजार पाँच सय) कोरियन वन आम्दानी देखाए तापनि ११,१३,४१,४४५(एघार करोड तेह्र लाख एकचालिस हजार चार सय पैतालीस) कोरियन वन खर्च सातौँ अधिवेशनबाट सङ्कलित रकमबाट गरेको प्रस्ट देखिएको छ साथै १,७५,०१,०००(एक करोड पचहत्तर लाख एक हजार) कोरियन वन बचत भएको देखाए तापनि कानुनी प्रक्रियामा खर्च नभएको र कोषाध्यक्षको खातामा फरक परेको रकम समेत गरी जोड्दा दुई करोड कोरियन वन भन्दा बढी हुनुपर्नेमा संस्थाको खातामा एक करोड कोरियन वनको हाराहारीमा रहेको बुझिएको छ भने छैठौ कार्यसमिति भित्रैबाट अध्यक्ष गुरुङले अधिकांश निर्णय पदमा नरहेका व्यक्तिबाट सल्लाह गरेर जाने गर्दा यस्तो अवस्था आएको जानकारी दिएका छन् जुन आश्चर्यलाग्दो विषय छ ।

नयाँ कार्य समितिले ७,७०,४०,२३०( सात करोड सत्तरी लाख चालिस हजार दुई सय तीस) कोरियन वन अर्थात् सत्तरी लाख नेपाली रुपैयाँ बराबरको हिसाब प्रति चित्तबुझ्दो प्रमाणको अभाव सहित कुनमितीमा, कसरी कुन प्रक्रियाबाट रकम निकासी गरिएको त्यो प्रस्ट नभएकाले हिसाब नबुझ्ने र संस्थाको नाममा हुने अनावश्यक खर्च समेत रोक्ने प्रतिबद्धतासहित आफ्नो कार्यकालमा हुने खर्चलाई पारदर्शी बनाउन भन्दै संस्थाका पूर्व उपाध्यक्ष दिनेश हिराचन संयोजक रहने गरी लेखा समिति बनाएको संस्थाका महासचिवले जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ साथै आफ्नो कार्यकालमा भएका खर्चका के कस्ता शीर्षकमा नयाँ कार्यसमितिले चित्त नबुझाएको हो त्यसको जानकारी प्राप्त हुनासाथ आफ्नो कार्यसमिति बिचमा छलफल गरेर जानकारी दिने निवर्तमान अध्यक्ष गुरुङले बताएकी छिन् ।

त्यस्तै एनआरएनए कोरियाको छैठौ कार्यसमितिले संस्थालाई तिर्नु पर्ने लेबी नतिरेका विभिन्न संस्थाका बिल्ला भिरेका वरिष्ठहरू लगायत आर्थिक पाटोलाई मजबुत बनाउनका लागि गरिएको च्यारिटी डिनर कार्यक्रममा महँगा महँगा बाइन खाएर बोलिएको आर्थिक सहयोग रकम कसकसले उपलब्ध गरेका छैनन् तिनीहरू सबैको नाम छिट्टै बाहिर ल्याउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू