अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

दक्षिण कोरियामा टोपी दिवस सँगै भ्रमण वर्षको प्रचार गरियो

अर्जुन बराल २०७६ पुष १६ गते ११:४२ मा प्रकाशित

सोल । पश्चिमा संस्कृतिको प्रभाव वृद्धि सँगै नेपाली संस्कृतिको बचाउका लागि भन्दै खागसरि नेपाली दुई युवा डा.लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले सार्वजनिक पेज स्थापना गरी पहिलो पटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रूपमा घोषणा सँगै २०७० साल देखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् सन् २०१४ जनवरी १ का दिन मनाउन थालिएको “टोपी दिवस” पश्चिमा पर्वमा रमाउनु भन्दा नेपाली शैलीमा रमाऊँ भन्ने उद्देश्यले राष्ट्रिय पर्वका रूपबाट मनाउन थालिए सँगै घर देश देखी विविध कारणले टाढिएर प्रदेशमा रहेका नेपालीले विशेष महत्वदिएर प्रत्येक वर्ष विविध कार्यक्रमका साथ मनाएको पाइन्छ ।

दक्षिण कोरियामा पनि यसबर्ष “राष्ट्रका नाममा दुई घण्टा हातमा नेपाली झन्डा र सिरमा टोपी लगाएर पदयात्रा” भन्ने मूल नारालाई आत्मसाथ गदै टोपी दिवस सहित पर्यटन वर्ष २०२० लाई पनि प्रवर्द्धन गर्ने उद्देश्यले सउल मेट्रोपोलिट्न पुलिस स्टेसनबाट अनुमति लिई दक्षिण कोरियाको व्यस्त स्थान सउल स्टेसन देखि सउल टावर सम्म नेपाली झन्डा सहित नेपालको विभिन्न क्षेत्रको दृश्य अङ्कित कार्ड बोकी पदयात्रा गरी कार्यक्रम सम्पन्न भएको थियो भने नेपाल पर्यटन वर्ष २०२० को नारा “नेपाल लाईफटाईम एक्सपिरिएन्सेस” लाई कार्यक्रमबाट प्रवर्द्धन गरिएको देख्न सकिन्थ्यो ।

एमआरआर कोरियाको मुख्य संयोजन सहित नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एंवम अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान कोरियाका संयोजक केपी सिटौला सहित गैर आवासीय नेपाली सङ्घ,राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियान,सोसाइटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरिया(सोन्सिक) लगायत कोरियामा रहेर विभिन्न पेसामा संलग्न रहेका नेपालीहरू सहित कोरियाका केही मिडियाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । स्मरण रहोस् राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियानले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि कोरियामा रहेका नेपाली माझ आर्थिक सङ्कलन अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू