अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितको संङख्यामा अझ वृद्धि

हालसम्म पाँच जनाको मृत्यु,अझ बढ्न सक्ने अनुमान

अर्जुन बराल २०७६ फागुन ११ गते १०:१८ मा प्रकाशित

हालसम्म पाँच जनाको मृत्यु,अझ बढ्न सक्ने अनुमान

दक्षिण कोरिया । दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको संङख्यामा बृद्दि भएको छ । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबार सम्म मृत्यु भएका नागरिक सहित पाँच जनाको कोरोना भाइरसको कारणबाट मृत्यु भएको र शनिवारको तुलनामा सङ्क्रमितको संङख्यामा केही वृद्धि भएर ५६८ जनामा कोरोना भाइरसको जीवाणु भेटिएको बताए पनि यो संङख्यामा वृद्धि हुन सक्नेछ । तर के कति आप्रवासीहरू यो सङ्क्रमणमा परेका छन् या छैनन् त्यो विषय बाहिर आई सकेको छैन ।

कोरोना भाइरसबाट सङ्क्रमित धेरैजसो दक्षिण कोरियाको चौथो ठुलो थेगु सहरमा देखिएको छ । दक्षिण कोरिया सरकारले उक्त क्षेत्रलाई स्पेसल केयर जोन घोषणा गरेको छ भने सो क्षेत्रमा बसोबास गर्ने २५ लाख नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिक्लन अनुरोध गरेको छ । प्रधानमन्त्री चुङ्ग साई क्युनले शनिवार राति राष्ट्रका नाममा सम्बोधन गदै अवस्था गम्भीर रहेको औलाएका छन् भने उपस्वास्थ्य मन्त्री किम गाङ् लिपले कोरोना भाइरसबाट सङ्क्रमितको संङख्यामा भएको वृद्धि नयाँ परिस्थितिमा पुगेको प्रतिक्रिया दिएका छन् ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको मोबाइल डाटा,के्रडिड कार्डको रेकर्ड,सिसिटिभी फुटेज,सार्वजनिक यातायातमा प्रयोग गरिएका कार्ड आदीको जानकारी सङ्कलन गरेर स्वास्थ्य तथा वेलफेयर विभागको वेभसाईटमा राखेको छ । अवैधानिक रूपमा बसोबास गरिरहेका आप्रवासी नागरिकलाई कोरोना भाइरस लगायतको स्वास्थ्य परीक्षणका लागि कुनै अवरोध नगरिने र रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट कोरियामा रहेका आप्रवासी कामदारको ४ वर्ष १० महिनाको भिसालाई विशेष परिस्थितिमा भन्दै न्याय मन्त्रालयको शुक्रवार बसेको संयुक्त बैठकले अझ ५० दिन थप्न सकिने जानकारी दिएको छ ।

त्यस्तै अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकका निम्ति शनिवार एक पत्र जारी गदै दक्षिण कोरियाको यात्रा विशेष सावधानीका साथ गर्न सल्लाह दिएको भन्ने समाचार प्राप्त भएका छन् ।

नेपालीको अवस्था कस्तो छ ?
लगभग ५० हजारको संङख्यामा नेपाली रहेको दक्षिण कोरियामा बिषेशत रोजगार प्रक्रिया प्रणाली मार्फत आएका नेपाली सँगै विद्यार्थी,व्यवसायी लगायत विविध पेसामा आबद्ध नेपाली छन् भने समाचार तयार गर्ने समयसम्म कुनै नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी प्राप्त भएको छैन । सार्वजनिक बिदाको दिन गरिने भेटघाट कार्यक्रम पनि नेपालीले आयोजना गरेका छैनन् । दक्षिण कोरिया स्थित नेपाली दूतावासले कोरोना भाइरसको संक्रमण सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गदै सुरक्षाका उपाय प्रभावकारी ढङ्गले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन आग्रह गरेको छ । त्यस्तै गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय दक्षिण कोरियाले दूतावासको प्रायोजनमा “कोरोना भाइरसको अवस्था र हाम्रो होसियारी” बारे हप्तामा तीन दिन कोरियाका विभिन्न पेसामा आबद्ध उच्च ब्यत्तित्वसँग रहेर लाइभ कार्यक्रम आजैका मिति देखि सुरु गरी फेब्रुअरी अन्तिमसम्म गरिने जनाएको छ ।

गत डिसेम्बर महिनामा चीनको बुहान सिटीबाट पत्ता लागेको कोरोना भाइरसको संकमण हुँदा सामान्यतया ज्वरो आउने, रुघा लाग्ने, सुख्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुनु, घाँटी, टाउको तथा जिउ दुख्ने लक्षण देखिने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू