अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

न्यूह्यामसायरमा २५औं आदिवासी दिवस सम्पन्न

ईश्वरी भट्ट २०७६ भदौ १ गते १०:०९ मा प्रकाशित

न्यूह्यामसायर, फिप्ना न्यूह्यामसायर च्याप्टरको आयोजनामा अगस्त १७, २०१९ मा एक भव्य कार्यक्रम सहित न्यूह्यामसायरको स्टाथाममा भव्यरूपमा सम्पन्न भएको छ । न्यूह्यामसायरका वृद्ध बुबा आमाहरूबाट पानसमा बत्तीवाली कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि यु ऐनका स्थायी राजदूत अमृत बहादुर राई हुनुहुन्थ्यो ।

ऑफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि अमृत बहादुर राईले जाती जनजातीहरूले आधुनिक जमाना अनुसारको वैज्ञानिक सोचले अगि बढ्नु पर्ने र युवाहरू अमेरिकी समाजमा पस्नु पर्ने र यहॉको अनुसार नै नेतृत्व तयार गर्दै जानु पर्ने बताउनु भयो । नेपाल सरकारको तर्फबाट कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ऑफूले भोगेका परिवेशहरूको चर्चा गर्नु भयो । नेपाल सरकारले सबै भाषा जाती र संस्कृतिको संरक्षण गरेको वतॉउदै प्रमुख अतिथि राईले आगामी नेपाल भिजिट वर्षमा सकेसम्म सबैले नेपाल भिजिट गर्ने लक्ष राख्न अनुरोध समेत गर्नु भयो ।

कार्यक्रममा तमु समाज अध्यक्ष तथा एनआरएनएको केन्द्रीय बोर्ड सदस्य अधिवक्ता क्षेत्र कुमारी गुरुङ, फिफ्नाका फाउन्डर चेयर पूर्व एन आर एनए अध्यक्ष तथा आइसिसी मानार्थ सदस्य शिव कुमार राई, नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरुङ, रोड आइलैंड नेपाली समाज अध्यक्ष उत्सव श्रेष्ठ लगायतले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न जाती जनजातीहरूले झॉकी प्रदर्शन गर्नुका साथै सामूहिक तथा व्यक्तिगत आ-आफ्ना संस्कृति जन्य नॉच गान प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि, अतिथि गण, विभिन्न राज्यहरूबाट सहभागी पाहुनाहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू र सहयोगी सवैमा कार्यक्रमका अध्यक्ष एवं फिफ्ना च्याप्टर अध्यक्ष सुन्दरी गुरूङ्ले धन्यवाद नोट राख्नु भएको थियो ।

कार्यक्रमको सहयोगकोलागि अनेसास च्याप्टर प्रधान सम्पादक ईश्वरी भट्टले संस्थाको तर्फबाट $२०० चेक प्रदान गर्नु भएको थियो । कार्यक्रमलाई काठमान्डु स्न्याक सपका प्रोपाइटर कर्मा गम्पोले $२५० र यूकेराओ न्यूइड॰ल्याण्ड, नेपाली समाज न्यूह्यामसायर, तमु समाजहरूबाट पनि सहयोग गरिएको घोषणा गरिएको थियो । कार्यक्रम संस्थाका महासचिव विकास गुरुङले उद्घाटन सेसन र सॉस्कृतिक सेसन कलाकार तिलक श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । 

प्रतिक्रिया