अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

अमेरिकामा एनआरएनको चुनावलाई लक्ष्य गर्दै छ्यापछ्याप्ती किर्ते फेसबुक आइडी

विजय थापा २०७५ फागुन १५ गते २२:३५ मा प्रकाशित

आगामी गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनलाई मध्ये नजर गर्दै सामाजिक सञ्जाल फेसबुकमा किर्ते, जालसाजी, नक्कली परिचय बनाउने गिरोहको बिगबिगी बढेको छ ।

यी सबै निर्माण र परिकल्पना गर्ने कुनै बहादुर नभई अमेरिकामा सूचना प्रविधि सम्बन्धी विशेष ज्ञान भएका र अनुहार किताब चलाउन दक्ष नेपालीहरू नै संलग्न छन् । आफ्नो स्वार्थको लागि नेपालीले अमेरिकामा यस्तो घिनलाग्दो हरकत गर्ने गर्छन् भन्ने परिकल्पना गर्न सकिँदैन । यो दुखद कुरा हो ।

विशेष गरी केही आर्थिक प्रलोभन प्राप्त भएको हुन् सक्ने तथा र विशेष आफ्ना पक्षका उम्मेदवारलाई आगामी एनआरएन अमेरिकाको निर्वाचनमा विजयी गराउन यस्ता बेनामी किर्ते हुलियाहरू झुल्किने गरेको सजिलोसँग देख्न पाइन्छ । नत्र आर्थिक लाभ अमेरिका नभई आफ्ना उम्मेदवारलाई जिताउन कानुन कडा भएको देशमा यसरी जोखिम लिनु निकै आँट चाहिन्छ ।

एनएनएन अमेरिकाको चुनावलाई तारो बनाउँदै यसरी दिनहुँ एनआरएनको लोगो राखेर आगामी चुनावको लागि लक्षित गरेको प्रस्ट हुन्छ । विभिन्न प्रकारका तस्बिर, अन्य चिज, खाली र अनेक बेनामीको नाममा सामाजिक सञ्जाल मार्फत भटाभट सल बलाई रहेको अमेरिकाका नेपाली समुदायले देख्न सक्छन् ।

यो गिरोह विगत अगाडिका दुई वटा निर्वाचनबाट नै आफ्नो विस्तार फैलाई रहेका देखिन्छ । ४ वर्ष अगाडी देखि खोलिएका यस्ता किर्ते हुलियाहरू केवल सदस्यता सङ्ख्या बढाउने र एनआरएनको नेतृत्वमा जिताउने नितान्त अभिप्राय सहित सामाजिक सञ्जाल प्रयोग गर्ने देखिएको छ ।

अघिल्लो निर्वाचनमा यो झन् सक्रिय रहेको एनआरएन अमेरिकाको नयाँ समितिको निर्वाचन हुने भएकोले अझ केही गिरोहबाट सञ्चालनमा रहेका छन् । निकै सक्रिय यो गिरोहसँग परिचय खोज्न सकिँदैन । यस्ता बेनामी तथा शङ्कास्पद दैनिक रूपमा विभिन्न नाम उपनामले देखिन्छन् ।

यस्ता कुनै पनि प्रकारका नयाँ आफूले नचिनेको मानिस या शङ्कास्पद लागेमा सामाजिक सञ्जालमा साथी नबन्न सबैमा यो सन्देश पुर्‍याउन पर्ने भएको छ । हामी अमेरिकामा छौ । यस्ता कुरालाई कसरी समाधान गर्ने हामी सबैलाई राम्रो ज्ञान छ ।

यसले जो कसैलाई पनि फसाउन सक्छन् । अधिकांश रूपमा एनआरएन को नाम कतै जोडेर यो घृणित काम गरी रहेका छन् । उनीहरूले यति सम्म गर्न सक्छन् कि तपाईँको नामबाट फेसबुक तपाईँलाई थाहै नभई चलाई रहेको समेत फेला पारिएको छ ।

यति सम्म कि तपाईँलाई फेसबुक मार्फत अनुरोध गर्दा म्युचुएल साथीहरू समेत भएको तपाईँ देख्नु हुन्छ । तपाईँले मेरो चिनेको साथीभाइ भनेर अनुरोध गरेको मित्रता स्वीकार गर्दा तपाईँ फस्न सक्नु हुन्छ । अनि साथी बने पछि तपाईँले थुप्रै कुराहरू गुमाउन सक्ने हुनाले सावधान अपनाउन सबैमा यसै सूचना मार्फत सबैमा यो सन्देश पुगोस् भन्ने भन्ने हाम्रो चाहना रहेको छ ।

यस्ता किर्ते र जालसाजीसंग धमाधम फसाई रहेका छन् । यसका लागि यसका पहिचान गर्ने र एक आपसमा खबर गर्ने समेत समूह छ । दर्जनौँ यस्ता बेनामी र फेक आइडी, नक्कली आइडी भएका पत्ता लागेका छन् ।

अर्काको नक्कली आई डी बनाई अरूले नै सञ्चालन समेत गर्ने गरेको थाहा लागेको छ । हुन् त विशेष व्यक्तिहरू (सेलेब्रेटी) को अन्य कसैले बनाउने विश्व व्यापी रोग भएता पनि अमेरिकामा एनआरएन अभियानमा लागेका महिलाहरूका नक्कली हुलिया बनाई प्रयोग गर्नु जस्तो निन्दनीय कुरा केही हुन् सक्दैन ।

उनीहरूले यसबाट थुप्रै कुराहरू विगतमा सूचनाहरू सङ्कलन गरेको हुन् सक्छ । अमेरिकामा विशेष गरी गैर आवासीय नेपाली सङ्घसँग सदस्य रहेका तथा अभियानमा रहेकाहरू पूर्ण रूपले सावधान, सतर्कता, सचेत र यस्तालाई निस्तेज गर्न पछि हट्नु हुँदैन ।

समयमा यसलाई निरुत्साहित गर्ने र साथीभाइमा खबर गर्ने गरेमा यस्ता बेनामी र किर्ते, जालसाजी हुलिया आफै बिलाउने छन् । यो सबै सचेत नागरिकको जिम्मेवार पनि हो ।

यस्ता सामाजिक सञ्जाल विशेष गरी अनुहार किताबमा सयौँ हजारौँ समूह निर्माण गरिएका हुन्छन् । सावधान र विवेक प्रयोग गरेर मात्र यस्ता समूहमा प्रवेश गर्नु होला । अमेरिकामा व्यस्तताको कारणले नहेरी साथी बन्ने हुँदा ठुलो धोका पाइनेछ । सबै मिलेर यस्ता गलत र विशेष स्वार्थका लागि बनिएका समूहबाट टाढा रहनु नै बुद्धिमान हुन्छ । यस्ता शङ्कास्पद किर्ते चिजहरू सामाजिक सञ्जालमा देखेमा तुरुन्तै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु पर्ने हुन्छ ।

कुनै पनि उम्मेदवारलाई जिताऔँ भन्ने सामाजिक सञ्जाल निकै प्रचलित छ । विगतमा यस्ता देखिएका छन् भने अब केही समय पछि यस्ता सामाजिक सञ्जाल मार्फत आउने छन् तर सावधान पूर्वक सक्कली हो या हैन भन्ने कुरा पत्ता लगाउने जिम्मा हामी तपाईँ सबैको हो ।

यस्ता पनि सल्बलाउने हुनाले एक पटक विश्वसनीय व्यक्ति या समूह हो या हैन भन्ने पक्का आफैले गर्नु पर्ने हुन्छ ।

को हुन् यी समूह ?
यिनीहरू पृथक् रूपमा सामाजिक सञ्जालमा रहेता पनि एक आपसमा गासिएका छन् । सञ्जाल बनाएर बसेका छन् । सामाजिक सञ्जालका उस्तादहरू हुन् । एक भत्काउने गिरोह हो ।

के को लागि यसरी सामाजिक सञ्जाल भर बिगबिगी ?
केवल आगामी एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल यिनीहरू सक्रिय हुने छन् । आफ्ना उम्मेदवारलाई सामाजिक सञ्जाल मार्फत व्यापक प्रचार प्रसार गर्ने र जिताउने मुख्य उद्देश्य रहेको बुझिन्छ ।

छद्म भेषमा किन ? किन परिचय खुलाउँदैन ?
आफ्नो नाम खोल्दैनन् । परिचय पनि दिदैनन । गिरोह भएकोले मात्र आफ्ना उम्मेदवार र खेमालाई विजयी गराउनु मुख्य कार्य हो । तपाइहरू यस्ता सँग नाम र सम्पर्क गर्ने कोसिस गर्नुस् । सबै यस्तै ड्याङका भन्ने हैन, केवल नाम र आफ्नो सम्पर्क माग्नु पर्छ ।

यस्ता सामाजिक सञ्जाल किर्ते हुलिया कुन राज्य या सहर बाट सञ्चालित छन् ?
सबै भन्दा ज्यादा यस्ता फेक आई डी बनाउने न्यु योर्क प्रथम ,दोस्रो टेक्सस र तेस्रोमा क्यालिफोर्निया बाट निर्माण हुने बुझिएको छ । तथापि विशेष उद्देश्य तथा आफ्ना मन परेका उम्मेदवारलाई जिताउने लक्ष्य भएकोले जुन सुकै स्थान बाट पनि यस्ता हरकत हुन्छन् । हामी सावधान हुनु पर्छ ।

विगतमा कसको सामाजिक सञ्जाल चलाएका थिए ?
एनआरएन अमेरिकाकी पूर्व उपाध्यक्ष तथा अध्यक्ष कि उम्मेदवार रबिना थापा लगायत अन्यको समेत नक्कली आई डी बनाई सञ्चालन गरी रहेको बुझिएको छ ।

नक्कली, किर्ते तथा जालसाजी हुलियासँग कसरी बच्ने ?
एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल सतर्कता हुने । नचिनेको कोहीसँग पनि नजोडिने । साथीभाइ तथा सार्वजनिक रूपमा यस्तो आएको छ भनी सार्वजनिक गर्ने । कानुनी देश भएकोले र आफ्ना सूचना प्रविधि (आइटी) का विज्ञ तथा सामाजिक सञ्जालमा आफू भन्दा जान्नेसँग सम्पर्क गर्ने ।

अनुहार किताबमा आफ्ना म्युचुएल साथीहरू छन् भने के गर्ने ?
यस्तो देखेमा पनि स्वीकार नगर्ने । पहिला कन्ट्याक्ट नम्बर माग्ने । परिचय माग्ने । यसो गरेमा सक्कली छ भने तुरुन्तै उत्तर आउँछ तर नक्कली छ भने उत्तर आउँदैन । यसमा सावधान हुने ।

यस्तो अभियान यस्ता किर्तेहरूको कहिले सम्म हुन्छ ?
यो अभियान एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल सम्म हुनेछ । त्यस पछि अन्य बेलामा पनि सक्रिय भएता पनि केवल आफ्ना उम्मेदवारलाई जिताउन लागेकोले परिणाम पछि अस्ताउने छन् ।

अमेरिकामा प्रहरीलाई खबर गर्न सकिन्छ या सकिँदैन ?
यसका लागि तपाइहरू आफ्नो स्वविवेक प्रयोग गर्नु पर्नेहुन्छ । तपाईँको सारा गोपनीयता भङ्ग हुने गरी गरेमा र चोरेमा प्रहरीको सहारा लिन सकिन्छ । तपाईँलाई साह्रै दुख पाउने गरी आक्रमण भएमा प्रहरीको सहायता र सहयोग पनि लिन नसकिने भने होइन ।

यस्तालाई समय मै निर्मूल गर्नु पर्छ । यस्ता किर्ते आडी निर्वाचन सम्म देखेमा तिरस्कार गर्ने । अस्वीकार गर्ने, साथीभाइलाई तस्बिर खिचेर पठाउने, सार्वजनिक गर्ने, परिचय खोजेमा स्वतः आफ्नै हराएर जाने छन् । एनआरएन अमेरिकाको निर्वाचन सम्म यस्ता जालसाजीलाई परास्त गरौँ । बहिष्कार गरौँ । छिर्न नै नदिऔ । यसो गरेमा तपाईँ सुरक्षित हुनुहुने छ । तपाईँको भलाइ हुनेछ ।

प्रतिक्रिया