अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

गजल

स्माइल घिमिरे २०७५ असोज १५ गते १२:३४ मा प्रकाशित

डुङ्गा डुबेसी माझी भेटिन्न पहिल्यै खोजम ;
डुब्ने डुबाउने अवस्था भिन्न पहिल्यै खोजम ।१।

यहाँ सरकार छैन यो चाहिँ पक्का हो हेर्नुहोस् ;
जता ततै नै जनता खिन्न पहिल्यै खोजम ।२।

जस्तो घोषणा पत्र छापियो उस्तै गरेन भने ;
हुन्छ त्यो पार्टी छिन्न र बिन्न पहिल्यै खोजम ।३।

अब कसको विश्वास गर्ने र ! विश्वास गुमेसी ;
आफ्नै कार्य कर्ता भन्लान् भोट दिन्न पहिल्यै खोजम ।४।

प्रतिक्रिया