अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो सार्वजनिक

कृष्ण भुसाल २०७५ भदौ ३० गते ९:३६ मा प्रकाशित

काठमाडौँ, कविता सिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर…’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एलबममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ गीतको भिडियो सार्वजनिक भएको हो । 

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।

गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।

विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एलबम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको बताइन ।