अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

‘तिम्रो आँखाको नानी भित्र…’ भन्दै आए डा. डीआर उपाध्याय (भिडियो सहित)

कृष्ण भुसाल २०७६ जेठ २० गते १८:१८ मा प्रकाशित

काठमाडौँ, गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिम्रो आँखाको नानी भित्र लुक्न देऊ मलाई…’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको सङ्गीत र सन्तोष लामा अनि बानिका प्रधानको स्वर रहेको गीत ‘तिम्रो आँखाको नानी भित्र…’को भिडियो सार्वजनिक भएको हो ।

सुभाष प्रधानले निर्देशन अनि राज महर्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा विनु शाक्य र पुष्कर ढुङ्गानालाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाङ्कन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । डा. डी आर उपाध्यायले एकै साथ ७ गीति एलबमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेस्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डा. डीआरलाई जेठ पाँच एक विशेष समारोहमा पनि चार ओटा एभरेस्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रेकर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेश भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेश भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एलबम जसमा विभिन्न ८ ताल समावेशको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ बिट समावेश गरी तयार परिएको गीतमा रहेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्त राप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक्’ जस्ता गीति एलबम स्रोता÷दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्य चक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्र घात’, ‘अपवित्र छाया’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।