अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

कसरी पढु ?

निशा अर्याल २०७५ जेठ १४ गते १४:४६ मा प्रकाशित

कथा
सेतो कात्रोमा लपेटेर बासको डोली बनाएर भाइ सुभाषलाई लगेको सबै दृश्यहरू उसको आँखामा झल्झली नाच्न थाल्यो | टिचरले उसलाई बारम्बार प्रश्न गरी रहेका थिए ….रोजिले ध्यान दिएर व्याल्क बोर्ड तिर हेरी, | त्यो बेला व्याल्क बोर्डमा लेखिएका सबै अक्षरहरूमा आफ्नो मासुम भाइको मृतक शरीरलाई सेतो कात्रोमा लपेटिएको देख्छे | ,जता हेर्छे सबै मात्र सेतो देख्छे र टिचर सँग अति नै रिस उठेर चिच्याएर रुँदै भनी लेख्दा पनि सेती चक र लेखिएको बोर्ड पनि सेती भए पछि मैले कसरी पढु त् सर ?

बिहानै स्कुल गएकी रोजी फर्केर घर आउँदा घर भरिनै कालो बादलको सन्नाटा छाएको थियो ! आमाको कोठा बाहिरको सँघारमा बुढी हजुरआमा टाउकोमा हात राखेर अति नै उदास भएर बस्नु भएको थियो ..! रुँदा रुँदा थकित हजुरआमाको आँखा रातो रातो भएर सुनिएको थियो ! उसले देखि आमालाई चारै तिरबाट गाउँ घरका छिमेकीहरू आफ्नो लगाएको साडीको आँचलको एक छेउले आँखाको आशु पुछ्दै शान्त भएर आमालाई सम्झाउँदै थिए …कोही आमाको आशु पुछी दिँदै नरोऊ ईश्वरको खेल भोग्ने पर्छ भनेर मुर्छित आमालाई उठाउँदै घेरेर बसेका थिए |

घरको नजिकै स्कुलको गेट निर खेली रहेको भाइलाई स्कुलमा चन्दा माग्न गएका आतङ्क वादीले हेड़ मास्टरलाई गोलीको निशाना बनाउँदा ,पुलिसको गाडीको आवाजले अन्नघुन्न गोली बर्साउँदै दौडिएर भाग्न थाल्दा पानी खादै गरेको अवस्थामा गोली लागि मृतु भएछ ,!
हतपत रगताम्य भएको त्यो शरीर लिएर अस्पताल पुर्‍याउन नपाउँदै बाटोमा नै प्राण छाड्नाले स्कुलको हेड़ मास्टरले सहिदको नाम दिएर घरमा जिम्मा लगाएका भाइ सुभाषलाइ सेतो कात्रोमा लपेटिएको त्यो प्यारो भाइको ढलेको शरीरलाई हरियो बासको चारमुखमा चार जनाले उठाउँदा बुवाको आँखाबाट जीवनमा पहिलो चोटि आशुका दाना झार्दै हुकहुक गरी रोएको देख्नु भएको थियो हजुरआमाले |

म मुनिको भाइ त्यस्तो भएर होला डरले सातो जान्छ घरमा भई भनेर स्कुल पठाउन नै उचित सम्झे होलान् ..! टिचरले मलाई त्यो बेला रहेछ अति नै रिसाएर ठुलो चर्को आवाजमा कराउँदा मेरो मस्तिष्कमा नै बिजुलीको करेन्ट झैँ झट्का लाग्न गयो …जुन बेला मेरो मस्तिष्कमा घरमा भएका घटनाहरू दौडी थियो …! घरको त्यस्तो दुखद घडीलाई सम्झेर एकहोरो भई रहेकी रोजी घोरिएर बसी रहेकी सिटबाट अत्तालिदै उभि |

शिक्षकले – रिसाउँदै भने !तेरो ध्यान कहाँ छ ? ल भन त् मैले के पठाई रहेकी थिए ? कुन शीर्षकमा पठाए ? ल चाडै भन् ..! टिचरले आफ्नै रवाफ देखाए …! हिजोको घटना मात्र उसको आँखामा झल्झली थियो रोजी अति नै आत्तिई ! थर्थर काप्दै डराएको देखेर क्लास भरिका सबै विद्याथीहरुले उसैलाई एकहोरो हेरी रहे |

यस्तो लागी रहेको थियो कि जसरी कुकुरले आफ्नो पुच्छर कुनै अर्को कुकुरलाई देखाएर भाग्न खोज्छ अनि त्यो देख्ने कुकुरले झनै खेदो गर्दछ उ लाजर भए झैँ | हो टिचरले पनि रोजी माथि त्यसरी नै चर्को स्वरले बागले झम्टे झैँ वार गरी रहेका थिए |

ल चाड भन् ! टिचर उसैको नजिकै गएर ठिंग उभिए |

उ एकहोरो सोचमा रहेकी हुँदा उसले मन मनै मौन भएर गुण गुनाउँदै भनी ईश्वरले फेरी आफ्नो सन्तानलाई फिर्ता लिनु भयो …! डरले थर्थर काप्दै मात्र उसको मुखबाट त्यति नै शब्द निस्कियो |

क्लासमा केही साथीहरू खित्का छाडेर हाँस्न लागे ..! टिचर झनै रिसाएर गोमन साप झैँ दसुला झैँ गर्न थाले ! रिसले आगो हुँदै ….! ल त् तुरुन्तै बेन्चमा उभि ! रोजी केही बोल्न नसकी डरले हात खुट्टा लगलग काप्दै बेन्चमा उभि |

उ मनमा सोच्न थाली किन क्लासका साथीहरू खित्का छाडेर हाँसी रहेका हुन् ,! घरमा भने सबै आमा, बुवा,परिवारका सदस्यको आँखाको आशु सम्म ओबाएको थिएँ मात्र रोई रहेका थिए ..| यहाँ सम्म कि घरमा दूधको ठेक्का दिने दूध वाला सम्म रोई रहेको थियो | सधैँ आफ्नो रिक्सामा हालेर भाइलाई घुमाउन लाग्ने रिक्सा बाला सम्म अति नै उदास थियो ,| सबै जना म सँग निकै राम्रो व्यवहार गरी मलाई अरू दिन भन्दा पनि अति नै बढी माया गर्दथे ! यस्तै अनेकौँ घटनाका कुराहरूले उसको दिमाखमा त्यो टिचरले बोर्डमा देखाएर पढाई रहेको कुरा उसको दिमाखमा त्यो बेलाको घटना एकहोरो छाउँदा ब्याल्क बोर्डमा हेरी त् रहेकी थिई तर त्यो बेला उसलाई आमाको छेउमा सुतिरहेको त्यही सानो भाइ सुभाष झल्झली देखि रहेकी थिई ! हाँसी हाँसी बुवाले भाइ सुभाषलाई सानो हुँदा ल तेरो काँधमा बोक् भनेर मेरो काँधमा राखी दिनु भएको थियो ,!

त्यसरी भाइलाई काँधमा बोकता कति आनन्दको आभास हुन्थ्यो,अनि भाइ पनि म सँगै रमाउँथ्यो त्यो बेला सुन्दर पलको अनुभूति पाएकी थिए मैले |

त्यसरी बेन्चमा उभिएर पनि एकहोरो टोलाई रहेकी रोजिलाई टिचरले फेरी ठुलो आवाजमा सोधे …ल भन चार+नौ कति हुन्छ ? उ हेरी रहेकी थिई …टिचरले दोहराई ,तिह्राई उसलाई सोधी रहेका थिए |
रोजीको मनमा एक्कासि प्रश्न उर्लिएर ई तिर प्रहार गरे टिचरलाई प्रश्न गरी …! सर ,जब भगवानलाई मेरो भाइलाई फिर्ता बोलाउनु नै थियो आफ्नो साथ भने किन मेरो आमाको काखमा जन्म दिनु भयो ? भन्नुस् न सर …! त्यति भन्दै रोजीको आँखाबाट बलिन्द्र धारा आशु बग्न थाले | उसका नरोकी झरेका बर्सादको पानी झैँ आशु झार्दै गम्भीर प्रश्नले बारम्बार रोजिलाई निशाना बनाई प्रश्नको बज्र प्रहार गरी रहेका टिचरले उसको उदासीनतालाई बल्ल पढ्यो र उस भित्र गाल्नी भएर आयो अनि रोजीको अनुहार तिर टोलाउँदै मौन रह्यो |