अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

मरुभूमिबाट मातृभूमिलाई चियाउँदा – निशा अर्याल

निशा अर्याल २०७५ फागुन २४ गते ९:५० मा प्रकाशित

विश्वमा कहाँ छ मेरो देश झैँ सुन्दरता र शान्त ? नेपालको शिर हिमश्रृखलाले सुशोभित छ भन्ने निर्बिबाद र शाश्वत सत्य कुरा हो । आफ्नो विशिष्ट शिरको शोभा चिन्नमा ढिलाइ र कंजुसाई गर्ने अधिकांश नेपालीहरूको विशेषताले गर्दा जे जे छैन त्यही नै नभएर वा समुन्द्रसँग नेपाल नजोडिएर गरिबिको कारण मान्ने प्रशस्त नेपालीहरू भेटिन्छन् । त्यति मात्र होइन त्यस्ता अनर्गल बिचारहरू पत्रपत्रिकामा पढ्न र अन्तरवार्तामा सुन्न सम्म पाइन्छ। मेरो विचारमा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना हुनु त्यसैको प्रमुख उपज हो किन की नेपालीहरूले जो आफूसँग छ , त्यसलाई नै वरदान मानी उजागर गर्नु सक्नु पर्छ,जो छैन त्यसलाई दोष लगाउनु वा दूषित तुल्याउनु हुँदैन भन्नेहरूको मात्रा निकै थोरै छ। तिनै थोरै मध्येका एक शिल्पकारी साहित्यकार तथा नियात्राकार, कवि अौँशिको रातमा जुनकिरी भएर उदाएँ”प्रतीक ढकाल” जसले आफ्नो प्राय सबै पुस्तकमा प्रकृतिको वर्णन आफ्नै आँखाले नियाल्दै र स्थलहरूको भ्रमण गरी देश साँच्चै आनन्द भूमिको आँगन रहेछ भनेर व्यक्त गरेको पाइन्छ I

नेपाल देवस्थल वा देवभूमी हो र विश्व भरि नै प्रकृतिको धनी नेपाललाई धर्म स्थलको रूपमा हेरिन्छ । पर्यटकहरूले सुन्दर देश नेपाल भनेर गुण गाउने मात्र नभई वेद पुराण लगायत धेरै धार्मिक ग्रन्थमा पनि पवित्र भूमिको बारेमा विभिन्न प्राकृतिक कुराहरूको व्याख्या गरेको पाइन्छ। आज पनि तिनै देव मध्येका देव शिव, मुक्तिनाथ,गोसाइथान,डोलेश्वर तथा पशुपति आदिका नामले नेपालमा प्रख्यात छन् । ”

शिवको स्वरूपका शंकरको क्रिडाभूमि र वासस्थान हो हिमालय” । त्यसैले सत्यं ,शिवं र सुन्दरम् शिवमै मिल्दछ । नेपालमा रहेको त्यस्तो आगंन हिमालय जहाँ भगवान् शंकरको निवास रहेको हुनाले शान्ति रूप उनै भगवानको अर्को नाम नै हो “आनन्द” वा जसको प्रयोग तथा उपभोगमा ह्रास कहिल्यै हुँदैन । जसलाई जति मनन गर्‍यो निहाल्यो उति नै आनन्द प्राप्त हुन्छ !

“अर्थशास्त्रको भाषामा उपयोगिता ह्रास नियम नहुनु नै आनन्द हो” योगीहरूले योग मार्गले शिवमै लीन भएर आनन्द प्राप्त गर्छन्। पुराना कपडा त्यागेर आनन्दकै लागि नयाँ कपडा फेरिन्छ । हो, इच्छा प्राप्तिमा आनन्द प्राप्त हुने गर्दछ, । यस कुरामा लेखक निक्कै सचेत र चिन्तित हुँदै देशलाई माया गर्ने र भगवानले नै विराजमान गर्नु भएको भूमिभित्र रहेको प्राकृतिक सौन्दर्यको वर्णन लेखकले समुन्द्र बहे झैँ सलसल पोखी साहित्यबाट हरेक नेपालीको मन मस्तिष्कमा छुने आफ्नो मातृभूमिभित्र रहेको हिरालाई सबैले जान्नु र बुझ्नु पर्छ अनि माया गर्नु पर्छ भनेर वर्णन गरिएको यो पुस्तकमा धर्म को केही श्लोकले पनि ठाउँ पाएको पढ्दा निक्कै आनन्द प्राप्त गरे जसलाई मैले यसरी प्रस्तुत गरे ,!
हाम्रो धर्म संस्कारमा पीडा र अनेक दुख्खबाट मुक्तिका लागि (ईच्छाप्राप्ति)अन्तिम बाटो शिव स्मरण ठान्दछौ ।

शिव स्तुतिगानमा “दरिद्रय दुख हरनम्” को सानो अंश याहां सान्दर्भिक हुनसक्छ –
“ॐ पञ्चाननाय फणिराजविभूषणाय
हेमांशुकाय भुवनत्रयमण्डिताय |
आनन्दभूमिवरदाय तमोमयाय ,
दारिद्र्य दुःखदहनाय नमः शिवाय |

अर्थात् पाँच मुख भएका, फणाहुने सर्पको राजाको गहना (आभूषण)लगाउने, तिनै भुवनमा आभूषण मानियेको सुनले बनेका कपडा लगाउनेजस्तो प्रतिमूर्ति,त्यस्ता आनन्दको भण्डार,अज्ञानरुपि अन्धकार बाट मूर्तरूप दिने शिवलाई दरिद्र र दुख्ख दहन गर्न (जलाउन)कालागि म नमस्कार गर्दछु ।

हो यस हिसाबले आनन्द नै शङ्कर वा शंकरको वासस्थान बहुआयामिक भूमि नै नेपाल हो। हिमालयन र बुद्धको शान्ति सन्देश बोकेर विश्वमा नेपाल देश भनेर चिनिने साँच्चै मेरो देव भूमि नेपाल आनन्द भूमिको आँगन नै हो !”