अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

कवि अनि कविता

निशा अर्याल २०७५ पुष २२ गते २३:०२ मा प्रकाशित

अनायास
झझल्कोमा आयो
छुटेका
एक एक अतीत आएँ
र मलाई गिज्याएँ
यस्तो लाग्यो-
हामी एक भइदिएँ ??

थाहै भएन ,
बादलभित्रको
चाँदीको घेरा भित्र
नीलो बन्द आकाशमा
भ्यागुतो झैँ कुवा भित्र
कोही थिएन अरू
तिम्रो र मेरो मनभित्र
फुल,सुगन्ध,समाधि,
मिलन,समर्पण र मित्र।

आभास ब्रह्मानन्दको,
अखण्ड शून्य भित्र
महा समाधिमा पनि
साथै रहने पट्चित्र
विवश र संत्राश छैन
यो समाजकृत डोरीभित्र
अक्षूण्य संयोग गङ्गाको
जलधार निर्झरी मित्र..

म फक्रेर मुर्झाउने वेला
झर्न थाल्दै गर्दाको फुल ,
झलक्क हेर्दा
मेरो बाहिरी आवरण ,
भित्री वास्तविकता भित्र
छुट्टा छुट्टै रहस्यका
आवरणहरू जेलिएको छ
झलमल्ल देखिने
सिनेमाको पर्दामा झैँ ,

बाहिर पहिरो लड्न लागेको
आवरण भित्र कठोर
चट्टानको धान्य देखिन्छ।
अनि भन त !
गुट्मुटिएका विचारहरू
कतै फेरी बादल बनेर
ज्वालामुखी शान्त गर्न
पलमा इन्द्रेणी बन्छौ
झणमा चुपचाप
शून्यता भित्र मुस्कुराई
जिन्दगीको उताब चढाए
सादा पानामा कोरिएको
गहिरो इतिहास…
भाव छालको भित्र…
आखिर तिमी को हौ?
आफै भित्र परिचय
खोजी रहेछु …!