अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

साहित्यको खोल ओड़नेहरु

निशा अर्याल २०७६ साउन ८ गते ९:२१ मा प्रकाशित

स्वार्थी लो लुप औँ दम्भि पाखण्डी मनका लुता ।
पसे साहित्यमा गन्धा जस्तै झारका जुका ।।

शास्त्रमा भनिएको छ यस धर्तीमा जन्म लिएका हरेक मानव प्राणीहरूमा कुनै न कुनै रूपमा साहित्य, सङ्गीत वा कलाले प्रभावित हुन्छन् वा पार्दछ र ऊ अनुयायी, अनुरागी बन्दछ । निरन्तर कठोर साधना गर्ने ख्याति प्राप्त हुन्छ अन्यथा अनुरागी र रहर गर्ने तर साधना रहितका अनुरागी भने कागजका फुल झैँ हुन्छन् ।

साहित्य सङ्गीत कला विहीन साक्षात्पशुः पुच्छविषाणहीनः ।
तृणं न खादन्नपि जीव मानस्तद्भागधेयं परम पशूनाम् ॥

हुन त आजभोलि धेरै जसो क्षेत्रमा भएका विकृतिले ठुलो स्वरूप लिएको देखिन्छ जस्तै पढ्न नचाहेरै प्रथमको अपेक्षा गर्ने । नेतृत्व गर्न अर्काको बुई चढ्नु पर्ने तर आफूलाई सशक्त नेता वा व्यक्तित्व ठान्ने । जराको महत्त्व बुझ्न नखोज्ने तर टुप्पोमा चढेर हलिन्न खोज्ने । साहित्य साधनाको अभ्यासलाई पन्छाई विश्व विख्यात साहित्यकार बन्न खोज्ने साहित्यकारहरू । योग साधना विना नै ठुलो योगी बन्ने जोगीहरू । मन र शरीरमा पवित्रता नभई ठुलो टीका देखाएर पवित्र दर्साउन चाहने पणितहरू । ती सबै विकृतिका उदाहरण हुन् । साहित्य दर्शन भनेको सङ्गीत कला जस्तै एकाग्र हुने र निरन्तर साधनामा लाग्ने अभ्यास रूपी कर्म हो । यो धर्म सम्प्रदाय, समूह, राजनीति भन्दा माथि हुन्छ र हुनु पनि पर्छ । त्यसभित्र सकारात्मक र नकारात्मक पाटाहरू छन् । जसले साहित्य साधनामा प्रेरणादायीक भूमिका निर्वाह गर्छ त्यो सकारात्मक भयो भने संक्रीताभित्र अल्मलिदै स्वार्थ वश गुट बन्दी, जालझेल, प्रपञ्च, आदिमा संलग्न भए यसले साहित्यसँग सम्बन्धित साहित्य मनहरूलाई कुवाटोमा धकेल्न सुरु गर्छ । गुटबन्दी गर्नु, मपाई गर्नु, अपमान गर्नु, शिष्टाचार नगर्नु, लोभ, घृणा, डाहा, आशक्त, अभिमान, यी सबै स्वार्थसँग जोडिएको वस्तु भएको हुनाले साहित्य साधनाका बाधक हुन् । साधक त लोभ, माया, मोह, घृणा स्वार्थ रहित हुन्छ सिद्ध योगी पुरुष जस्तै । केवल स्वच्छ विचारमा ऊ कल्पनामा डुब्छ सागरमा झैँ । र ऊ भित्रका निखारिएका विचारहरू ब्रह्माण्डमा विचरण गर्दछन् अनुसन्धान गर्दै रिऋी महर्षि झैँ त्यही सत्य खोज्दछन् र पाउँछन् पनि ।

साधकका सूक्ष्म दृष्टिले देखेको सत्य, पथ्य, तथ्य समाज र मानवको कल्याणकालागि कलात्मक ढङ्गमा लेखिदिन्छ । ऊसँग द्वन्द्व गर्ने फुर्सद कहाँ हुन्छ खै? यदि यस्ता चिन्तक साहित्यकारको मार्गमा सहयोग पूर्याउने सकारात्मक प्रयास हुँदा विविध वाहानाले विषयान्तर बनाउन प्रयत्न गर्नु साहित्यकारमा लाग्ने निकृष्ट धमिरा हुन् । आफ्नो र साहित्यमा रुचि राख्ने मनहरूको स्वभावलाई निर्विवाद अगाडि बढ्न दिने अवस्थाको सृजना गर्ने र साहित्यिक प्रेरणाका साथै विश्वव्यापीहरूमा वातावरण बनोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय साहित्य समुदाय सङ्गठित हुँदै झाँगिनै, मौलाउँदै विश्व माझ भाषा, भेषभुषा, साहित्य, गीत, सङ्गीत कला सबैको आँखा र कानको रसिक हुँदै सुगन्धित भएर लम्की रहेको अवस्थामा दुर्भाग्य साहित्य सङ्गठनहरूभित्र मपाईको भावना बोकी झुटको खेती र अह्मको हाबी पाल्दै नागको विष लिएर डस्न छट्पटाई रहेका केही स्वार्थी तत्त्वहरूसँग अनायास द्वन्द्व गर्नु पर्दा साहित्य चिन्तनको ऊर्जा नै ह्रास हुने होकि भन्ने चिन्ताले मन बिथोलिएको छ !”

“कण्डारक सँगै भागुन् साहित्यभित्रका किरा ।
धमिरा खटिरा घाउ झैँ भएछन् किरै किरा ।।”

म ती स्वार्थी अभिमानी, लालची, दुष्ट प्रवृत्तिका सिकार भएका दुरात्माहरूलाई यी मेरा पिरा र तिखा शब्द बाणका प्रहारले ठग्नु वा आहत गर्न चाहन्छु, र भविष्यमा स्वार्थका लागि आफू नाङ्गो बनेको समेत चाल नपाउने स्वभाव र बानीलाई समाप्त गर्न सचेत गराउन चाहन्छु ताकि मैले यस्ता प्रवृत्तिका विरुद्धमा थप प्रयास गर्नु नपरोस् र म यस्ता साहित्यकार प्रति नमन गर्न चाहन्छु जसले निस्स्वार्थ भावना लिएर भाषा साहित्य, कला गीत सङ्गीतलाई काँधमा बोकी प्रेरणा, उत्साह, सहयोगको माध्यमबाट उदाहरणीय वातावरण सृजना गर्न चाहने, प्रयास गर्ने सबै मेरो प्रेरकहरू प्रति नमन टक्राउछु र साहित्य पाठशालाको काठमा लाग्ने साहित्यकार भित्रका धमिराहरू प्रति सचेत भई ती धमिराहरू लाग्न नदिन वेलैमा प्रतिकार गरौँ जसले भित्रभित्रै केवल नोक्सान गर्छ र भत्काउने उजाड्ने काम गर्छ त्यस्ता साहित्यका झोले ढोगी देखि सावधान बनौँ र स्वच्छ विचार पवित्र आत्माले संस्थालाई माया गरौँ । ”

दुर्जनः परिहर्तव्यः विध्ययालंकृतोऽपि सन् ।
मणिना भूषितः सर्प किमसो न भयङ्कर ॥

++++++++++++
राजविराज सप्तरी
हाल इजरायल
++++++++++++