अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

सरकारी मौनताको फाइदाः ६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि

नागरिक दैनिक २०७५ जेठ २ गते ९:२४ मा प्रकाशित

काठमाडौँ – सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरूले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् । अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पठाउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्‍याएका छन् ।

असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हाराहारी थियो । निर्माण सामग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलामे डन्डी, जस्तापाता र स्वायर पाइप जस्ता सामाग्रीमा ६ महिनाको अवधिमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरिएको छ ।  आजको नागरिकमा यो समाचार छापिएको छ ।

सम्बन्धित सामग्रीहरू