अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 05:12

मूल्यवृद्धि विरुद्ध वैद्य, विप्लवको प्रदर्शन

नागरिक दैनिक २०७५ जेठ ३१ गते १९:४५ मा प्रकाशित

काठमाडाैं – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै राजधानीको शान्तिबाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल कम्युनिष्ट पार्टी (ऋषिराम कट्टेल) को संयुक्त आयोजनामा बिरोध प्रदर्शन भएको हो।

प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ जस्ता नारा लगाएका थिए।

सम्बन्धित सामग्रीहरू