अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

कर्मचारीको विदेश भ्रमणमा थप कडाइ

नागरिक दैनिक २०७५ जेठ ११ गते १९:३२ मा प्रकाशित

काठमाडौँ । सरकारले कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। समाचारका अनुसार अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरू विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो।

अनावश्यक काममा विदेश भ्रमणमा जाँदा राज्य कोषबाट बर्सेनि करोडौं रुपैयाँ खर्च भएपछि यसलाई व्यवस्थित गर्न सरकारले केही साताअघि ‘कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५’ ल्याएको थियो। 

सम्बन्धित सामग्रीहरू