अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

नागरिक दैनिक २०७५ असार ६ गते २०:४० मा प्रकाशित

काठमाडाैं – चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।

‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच कुराकानी भयो । दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भयो,’ भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले टेलिफोनमा भने, ‘चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेललाई नेपालका विभिन्न भागमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’

भेटवार्तामा सहभागी ती सदस्यका अनुसार चिनियाँ राष्ट्रपति सीले अन्तरदेशीय रेलवे कनेक्टिभिटीलाई रुचिका साथ लिएका थिए । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको ३० मिनेट भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले रेलवे निर्माणको ठोस प्रस्ताव तयार पार्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । राष्ट्रपति सीले कनेक्टिभिटी आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत पर्ने जनाउँदै यही परियोजनामार्फत नेपालमा चिनियाँ रेल पुर्याउन सकिने बताएका थिए ।

सम्बन्धित सामग्रीहरू