अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

मलेसियामा नेपालीलाई जथाभावी कैद र यातना

नागरिक दैनिक २०७५ वैशाख १५ गते १९:५० मा प्रकाशित

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभाबी थुन्ने र यातना दिने गरेको पाइएको छ ।मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रूपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने काम गरेका छन् ।

मलेसियामा कार्यरत श्रमिकलगायत विभिन्न निकायसँग छलफल गरी फर्केको टोलीका सदस्य तथा सांसद् प्रकाश रसाइलीका अनुसार, मेलेसियाको रोजगारी नेपालबाट हेरेभन्दा निकै फरक छ ।

‘नेपालमा जसरी हामी रेमिट्यान्सले देश चलेको भनेर गर्व गर्छौँ’, मलेसियामा कामदारको पीडा देखेर लज्जाबोध हुने अवस्था छ’, उनले भने,‘कामदारलाई जसले सक्छ उसले अत्याचार गरिरहेका छन् ।’

मलेसिया सरकारको नाम मात्रको मानवअधिकारको मारमा कामदार परेको उनको भनाइ छ । मलेसियामा करिब सात लाख नेपाली छन् । यीमध्ये तीनलाख हाराहारी नेपाली गैरकानुनी रूपमा बसिरहेको बताइन्छ । रोजगारीका लागि मलेसिया पुगेका मध्ये एक सय ७१ जेलमा रहेको मलेसियास्थित दूतावासले जानकारी गराएको छ ।

सम्बन्धित सामग्रीहरू