अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

सुन तस्करका तीन घेरा

नागरिक दैनिक २०७५ वैशाख १५ गते १९:३९ मा प्रकाशित

काठमाडौँ – नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् । आजको नागरिक दैनिकमा समाचार छ । उनीहरूले सुन नेपालको विमानस्थल वा भूभागमा ल्याइदिने मात्रै काम गर्छन् ।

दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत सुन भन्सार कटाउन सक्रिय हुन्छन् । दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ता हुन्छन्, उनीहरूको लगानी हुँदैन । उनीहरू स्थलमार्ग रसुवा हुँदै सुन काठमाडौँ भित्र्याउने गर्छन् । हङकङ तथा कतार, दुबईबाट सुन ल्याउन फरकफरक समूह सक्रिय छन् ।

नेपाल प्रहरीले ०७१ मा तयार गरेका एक प्रतिवेदनअनुसार तेस्रो तहका कारोबारी भने काठमाडौँ, वीरगन्ज, भैरहवा र सुनौली क्षेत्रमा क्रियाशील हुन्छन् । उनीहरूले काठमाडौँ आइपुगेको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीलाई जिम्मा दिन्छन् ।

सम्बन्धित सामग्रीहरू