अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

राजधानीका ७ स्थानमा मात्र विरोध गर्न पाइने, यस्ता छन् विरोध प्रदर्शन गर्न पाइने स्थान

नागरिक दैनिक २०७५ वैशाख ३ गते ८:५३ मा प्रकाशित

काठमाडौँ,  विरोध प्रदर्शनका नाममा काठमाडौँमा जथाभाबी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । वैशाख १६ गतेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाठौंले सहरका ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो । 

सडकमा विरोध प्रदर्शन हुँदा ट्राफिक जाम बढ्ने, सवारी आवागमनदेखि महत्त्वपूर्ण कार्यमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्यकीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै सरकारले विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएको हो । आइतबार बसेको सुरक्षा समितिको बैठकबाट काठमाडौँमा निषेधित क्षेत्र बढाउँदै असर नपर्नेगरी खाली रहेका सात स्थानमा विरोध प्रदर्शन गर्न पाइने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौँको खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान् पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शन स्थल तोकिएको हो । –नागरिक दैनिकबाट

सम्बन्धित सामग्रीहरू