अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

मुटु मेरो

तारा अधिकारी २०७४ फागुन १० गते १०:२५ मा प्रकाशित

माया गर्ने मुटु तिम्रो,
अर्कैसँग साटेउ अरे ।

सँगै जिउने सँगै मर्ने,
बाचा अन्तै गरेऊ अरे ।

बिदा ली बाटो लागेऊ,
झर्‍यो आँसु लुकाई राखे ।

फर्की आउने बाटो काटी,
अन्तै तिमी लागेऊ अरे ।

साथ हाम्रो छोटो थियो,
सम्झी मन बुझाई राखे ।

अन्तै साइनो गाँसी तिमी,
कुरा मेरो काटेऊ अरे ।

हाँसी हिँड्छौ एक्लै तिमी,
सम्झी मं रोई राखे ।

नाटक गर्छौ खुसी हुने,
एकान्तमा रुन्छौ अरे l