अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

सपनीमा आमासँग

तारा अधिकारी २०७६ वैशाख २५ गते ११:३७ मा प्रकाशित

आमा आज सपनी देखे, म फेरी सानु भएको,
तिम्रो हात समाई कुद्दै, तिम्रै पछि पछि आएको ।

मलाई आँचलमा, गुटुमुटु पारी लुकायेउ,
भाग्छु की भनी तिमीले, बेस्सरी समाएउ ।

लुटुपुटुगरि तिम्रो, आँचलमा घुमिरहे,
सबै बिर्सी म, त्यही तिमीनिर खेलिरहेl

उठाई मलाई, जतनसित काखमा लिएउ,
लड्छु कि भनी, आफ्नू छातीमा टासेउ ।
म एकटक, तिमीलाई हेरिरहे,
आँसु पुछ्दै, तिमीलाई समाइरहे ।
अचानक आँखा खुल्यो, सबै बिलाएछ ,
दैवले फेरी मलाई, तिमीबाट टाढा बनाएछ ।
मान्छे किन ठुलो हुन्छ, कथा किन बदलिन्छ,
कोही किन टाढा हुन्छ, कोही किन बदलिन्छ ।
फेरी सानु भई तिमीनिर, आउछुनि आमा,
तिम्रो हातले मुछेको, खान मन छ खाना l

म रूदा, तिम्रो आँचलले आँसु पुछिदिनु,
म सुत्दा सिरानमा बसी, थपथपाइ दिनु ।

फेरी बेफिक्री भई, तिम्रो काखमा सुत्न चाहन्छु,
म फेरी तिम्रो उही, सानो तारा बन्न चाहन्छु ।