अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

अलबिदा

तारा अधिकारी २०७४ चैत ५ गते १९:०९ मा प्रकाशित

मेरो साथ तिमीलाई यहीसम्म,
अब बिदा लिदैछु ।
नफर्कने गरी टाढा धेरै टाढा,
आज म जादैछु ।
अविरल झरेका तिम्रा आँसु,
म हेर्न सकिन ।
छोडी तिमीलाई, म एक्लै,
कतै जान सकिन ।
साथी तिमी जीवन भरको,
साथ हरदम दिएउ ।
अनेकौँ सपना, सपनामा हामी,
मैले रङ्ग भर्न सकिन l
हल्लामा पनि तिमीलाई मौन देख्छु ,
भिडमा पनि एक्लो ।
बिर्सेको कथा हाम्रो, दोहोर्याइ,
फेरी आज पड्दै छु ।
लुकाई आँसु कठोर मनले,
अब बिदा लिदैछु ।
अलबिदा ।