अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

डढेलो

तारा अधिकारी २०७७ भदौ १० गते २३:०५ मा प्रकाशित

उदाङ्ग डढेर हरियो वन पाखा
चराचुरुङ्गी खरानी सखाप

मुस्लो धुवाँको आकाशभरि
चर चर चर चर

आगो दन्किरहेको
लाखा-पाखा जन्तु जनावर

बीभत्स चीत्कार गुन्जिरहेको
धुवैँधुवाँ मुस्लो फैलेको

टाढा टाढा राप पुगेको
प्रकृति आफै विवश भई

लत्र्याङ्ङ डढ्दै भुइँमा लडेको
चीत्कार गुञ्जन अनि स्वेदन

हाहाकार क्रन्दन
डाँडा काटी पर पर पुगेको ।