अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

ज्वारभाटा

तारा अधिकारी २०७५ साउन १ गते १३:२२ मा प्रकाशित

घनघोर अन्धकारमा म,
अलिखित अविकसित एउटा कथा ।

अनगिन्ती सपनाहरू कैदी म भित्र
जालो बनेको सैकड़ो चाहना,
फैलिन खोजेको उज्यालो म भित्र ।

सुन्दर संसार अद्भुत रचना,
बग्न खोजिरहेछ म भित्र ।

उन्मुक्त भई मेरा सोचहरू,
छरिन्छन् मस्तिष्कमा ।

मिली अधुरो रेखाहरू,
बन्न खोजेको आकार म भित्र ।

विवश विह्वल छटपटी,
अनगिन्ती कथा म भित्र ।

कोलाहल र स्थिरता बग्दछन् सँगै,
बादल सरि फैलिएको टेड़ो मेड़ोआकार,
रंगी बिरंगी सपनाको, ज्वार भाटा म भित्र ।