अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

दिलिप योञ्जनको गीति संग्रह ‘आफ्नै छायाँले’ र ‘अमर’ मुक्तक संग्रह एकसाथ सार्वजनिक (भिडियो)

रोशन पोखरेल २०७४ फागुन ६ गते २:२३ मा प्रकाशित

विन्ध्यावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा हाल अमेरिका बस्दै आउनुभएका गीतकार दिलिप योन्जन तामाङको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह“अमर” राजधानिमा एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

“आफ्नैछायाँले”गीतमा रामकृष्ण ढकालको स्वर रहेको छ भने यस गीती संग्रहमासंगीतकार राजेश थापाको एकल संगीत रहेको छ । सो गीती संग्रहमा रामकृष्णढकाल , मिलन अमात्य , अजर जंगम , प्रमोद खरेल ,युवराज चौलागाईं र मेलिनाराई को स्वर रहेको छ भने सुमन क्षेत्री ,फडिन्द्र राई, लहाङ सुब्बा र साहस शाक्यको संगीत सम्योजन रहेको छ ।

यस गीती संग्रहको रेकर्डिङ ए वानम्यूजिसीयनमा साजन साह ले गर्नुभएको हो । साथै मिक्सिङ र मास्टरीङ किशोरथापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापितले गर्नुभएको छ । “आफ्नै छायाँले” गितको भिडियोमा अजय रेग्मीले छायाकनगरेका छन भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन ।

सुजन शाहिकोसम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केशी र रुपा कडेँलको अभिनयरहेको छ ।