अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

गाउँ फर्किरहेको परदेशीको लोकार्पण सम्पन्न

रोशन पोखरेल २०८० मंसिर १० गते १४:४२ मा प्रकाशित

काठमाडौँ । कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौँमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम साहित्यकार कवि सयपत्री थुलुङ्क सम्पन्न भएको हो ।

सङ्खुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छन् । २०७० सालमा ‘शान्तिको फूल गजल सङ्ग्रह प्रकाशन गरेकी थुलुङको एक दशक पछि दोस्रो कृतिका रूपमा कविता सङ्ग्रह पाठक सामु ल्याएकी हुन्।

कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए। कवितासंग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, कविता लेखनको आ(आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभूतिको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो ।
त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसीले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन । देश प्रेम र राज्यसत्ता माथि शान्ति सौहार्दयताको वातावरण बनाई राख्नु पर्ने कृति जिकिर गरिएको उनले औँल्याइन ।

वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु सङ्गीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए।

कार्यक्रममा कवि मिथोच र रङ्गकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एक एक वटा कविता वाचन गरेका थिए भने कवि स्वयमले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको थियो ।