अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

धनकुमारीको तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक (भिडियो सहित )

रोशन पोखरेल २०७६ साउन २६ गते ९:५१ मा प्रकाशित

काठमाडौँ, नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिजको अवसरमा नयाँ तिज गीत “ जाम नाच्न जाम “ लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनी सरुले भर्खरै मात्र तिज गीत सार्वजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली लोक गीत सङ्गीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय तिज गीत तथा लोक गीतका कारण बढी चर्चामा रहँदै आएकी छिन ।

डा. कृष्णहरि बरालको शब्द तथा सुरेश गैरेको लय सिर्जना गीतमा रहेको छ । गीतमा तिजको महत्त्वलाई प्रकाश पारिएको छ । नेपाली नारीहरूले भोगेको पिडालाई गीतमा समेटिएको छ । गीतको भिडियोमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । निकै आकर्षक रूपमा राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीतको मर्म अनुसारको मौलिकता समेटिएको भिडियो निर्देशन प्रकाश भटटले गरेका छन् । “ जाम नाच्न जाम “ गीतको भिडियोमा अनु शाह र धन कुमारी थापाको नृत्य तथा अभिनय रहेको छ ।

Video: