अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

प्रताप दासको आवाजमा ‘गाजल’ (भिडियो सहित)

रोशन पोखरेल २०७५ फागुन २९ गते १०:०३ मा प्रकाशित

काठमाडौँ । गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नवीन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठटको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायाङ्कन र राजेश कुमारको सम्पादन रहेको छ ।

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरूलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । काठमान्डौ आसपास र गोदावरीका रमणीय स्थानमा छायाङ्कन भएको यस भिडियोमालाई दर्शक श्रोताले मन पराउने विश्वास गाजल टिमले लिएको छ ।