अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

इतिहासलाई पल्टाउँदा कला र संस्कृतिको धनी मेरो देश

निशा अर्याल २०७४ फागुन ३ गते ८:५८ मा प्रकाशित

नेपाली सम्पदाले बारम्बार बिपदा खेप्दै आएको छ । भुईँचालो, वाडीपैरो, आगलागी आक्रमण देखि राज्यको कोपभाजनसम्म । बाबुराम आचार्यले नेपालको सांस्कृतिक परम्परा नामक पुस्तकमा लेखेअनुसार इ.स. १३४९ मा बङ्गालका सुल्तान समसुद्दिन इंडियंस शाहको जोड़दार आक्रमण हुँदा वर्तमान काठमानण्डू उपत्यका भित्र रहेका प्रायः: सबै जसो देवमूर्तिहरू खण्डित गराइएका थिए । यहाँ सम्म कि भगवान् पशुपतिनाथको आराध्य प्राचीन मूर्ती पनि यस आक्रमणबाट बच्न घौ घौ भयो।

समसुद्दिन इंडियंसले उभ्याइएका मठ, मन्दिर र मुर्तिमाथि आक्रमण गरे पनि काठमाण्डूवासीको विशिष्ठ सीप कलामाथि आक्रमण गर्न सकेन र त निरन्तर बनाइए उन्नत कलाकौशल सहितका देवालय, मन्दिर, पाटी, पौवा, ढुँगेधारा, दरबार र अन्य भवनहरू । मल्लहरूले मेहनतले धानेको विशिष्ठ कला कौशल पृथ्वीनारायण शाहको आक्रमण पछि अलि समय धर्मरायो । पृथ्वीनारायण शाहसँग विशिष्ट वास्तु प्रति चेत नपुग्नप उनको सींगों जीवनको समय लड़ाई भिडाईमा सिङ्गो देशको निर्माण गर्नै तिर बितेको थियो । त्यसैले उनले गोर्खाली उर्दी देखाए पनि जितको दम्भले होला , मल्ल कालमा अभ्यास नभएको अग्लो नौतले दरबार बाहेक बसन्तपुरमा ठूल ठुला टावर पनि बनाए । त्यसको भव्यता इतिहास अहिले सम्म पनि जीवित छ ।

भीमसेन थापाले धरहरा र एक आधा दरबारलाई छाडेर शाहकालमा परम्परागत वास्तुशैलीलाई नै अपनाइएको पाइन्छ । तर, जब जंगबहादुर बेलायत घुमेर फर्किँदा नेपाली मौलिक वास्तुकलाको दिन सकिए झैँ भयो । १९९० सालको भूईंचालोमा भत्किएका प्राचीन मठ मन्दिर समेत उसैको शैलीमा जीर्णोद्धार भएका छन् । तेती बेला जीर्णोद्धार मन्दिरका अनेपाली शैलीका छाना (गुम्बज शैली) र डिज़ाइन हेर्दा राणाहरू बेलायती ढाँचाबाट हुरूक्कै भएको देखिन्छ । तर देशमा उम्रेको शैली मात्र सम्पदा बन्दों रहेछ । नेपाली माटोसँग पटक्कै साइनो नगाँसेको बेलायती शैली पनि अहिले हाम्रा सम्पदा भएको छ । शायद कलाको भूगोल हुँदैन ।

हामीले भन्न सक्छौ सुचारित कलाले जतिपनि सम्मान पाउँछ भन्ने राम्रो उदाहरण छन् बेलायती शैली पनि हाम्रो सम्पदा भएको छ बेलायती शैलीमा बनेका नेपाली भवनहरू ।

त्यसैले सम्पदा सर्वस्व हरण गरेको भन्दै पुरूषोत्तम शमशेरले राजा महेन्दसंग चित्त दुखाएका थिए रे । नारायणहिटी परिसर भित्र नयाँ भवन बनाउने ठाउँ प्रशस्त छँदाछँदै शाहले पुरानो ऐतिहासिक दरबार भवन तोड़फोड़ गरी ध्वस्त पारेको तथा टुँडिखेलमा रहेको मार्वलको चौतारो सहितको ऐतिहासिक खरिकोबोट काटेको तथ्य उनले राणा क़ालीन दरवारवारे लेखिएको आफ्नो किताबमा उल्लेख गरेका छन्। उसो त दरबार हत्याकाण्ड को साक्षी बनेका नारायणहिटी परिसर भित्रको त्रिभुवन सदन’ संरक्षणमा रुचि भएका पूर्व राजा ज्ञानेन्द्रलाई जगैदेखि भत्काइ फाल्ने षडयन्त्र पनि भएकै हो । तर विर्षन नहुने कुरा सम्पदाले राम्रो इतिहास मात्र सुनाउँदैन कि दुर्दिन सम्झाएर त्यस्तो कर्म नदोहोरियोस् भन्ने शिक्षा पनि दिन्छ । त्यसैले त्रिभुवन सदन जोगाउनु महत्त्वपूर्ण थियो तर सर्वस्व हरण कर्ता अगाडी कसैको केही लागेन । राजधानी सहर भएकाले काठमाण्डूको व्यापारिक महत्त्व छ । त्यसैले आधुनिक शैलीमा ठूलठूला मल, महल र अपार्टमेन्ट बन्नु बनाउनु अनुचित भन्न न मिल्ला तर , हाम्रो विशिष्ट पहिचानलाई पनि सँगसँगै बाच्न दिनु पर्छ । नयाँ शैली सामग्री र प्रविधिको प्रयोगको गतिलाई पछ्याउँदै गर्दा आफ्नोपन , संस्कार , संस्कृति भुल्नु कति सम्म उपयुक्त होला ? आज पत्रकार रवि झैँ हिजोको अवस्थामा सम्पदा संरक्षण गर्नेको जय होस । मैले आफ्नो विचार राख्नु पर्दा निर्धकले भन्छु ।

संवेदनात्मक – भावनात्मक गुण – धर्म र मूल्यहरूको अध्ययन हो सौन्दर्य । कला संस्कृति र प्रकृतिको प्रति अंकन नै हो सौन्दर्य । सौन्दर्य दर्शनको एउटा अङ्ग भएकोले नै सौन्दर्य मीमांसा तथा आनन्द मीमांसा हो त्यसैले, सौन्दर्य कलात्मक कृतिहरू, रचनाहरू आदिबाट अभिव्यक्त हुने अथवा त्यसमा निहित सौन्दर्यको तात्विक, दार्शनिक, मार्मिक विवेचना हुन्छ।

हामी स्वयमलाइ पनि कुनै सुन्दर वस्तुलाई देखेपछि हाम्रो मनमा जुन आनन्द अनुभूति हुन्छ त्यसका स्वभाव र स्वरूपका साथसाथै समन्वय स्थापित गर्नु सौन्दर्यको उद्देश्य हुनु हो भन्ने लाग्छ !

यसै कारण भाषा, कला र साहित्यको उत्थान एवं जगेर्ना गर्नु हामी सम्पूर्ण नेपालीको दायित्व हो । हामी नेपालीहरू जो स्वदेश छाडेर विदेशमा कर्म गरिरहेका छौँ, यस कर्म भूमिमा हामीले सबैभन्दा बलियो बनाउने भनेको भाषा साहित्य, कला, संस्कृतिको पाटोलाई हो । किनभने यसले हामीलाई पहिचान दिन्छ, पहिचानले नै हामीलाई विशिष्ठ बनाउँछ । पहिचान निर्माणको महत्त्वपूर्ण खुड्किलो भनेको नै आपसी भाइचारा, सद्भाव हो । भाईचारापनको विकास नभई समुदाय बन्दैन । समुदाय नभई संस्कृतिको महत्त्व पनि हुँदैन । हाम्रो रहन सहन, कला, चाड पर्व, भाषा, साहित्यको समूह रूप नै संस्कृति हो । सांस्कृतिक विशिष्टताले नै हामीलाई आफ्नोपनमा डोर्याउने मात्र नभई नेपाली भनेर ठाडो सिर गर्ने आत्मबल दिएको छ । साथमा नेपाली शब्दभित्र अटाउने आधारशिला पनि खड़ा गरेको छ । आज नेपाली संस्कृतिको पनि छुट्टै पहिचान बनेको छ । नेपाली संस्कृति त्यस्तो संस्कृति हो जसले विविधतालाई अँगाल्नुका साथै नेपाली संस्कृति, साहित्य र कला एक अर्काका परिपूरक हुन ।

क़रीब सबासय वर्ष अगाडी मुग़ल शैलीमा निर्मित जनकपुरको जानकी मन्दिरको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ । राजर्षि जनक, अष्टबक्र, याज्ञवल्क्य, बैदेही सीता जस्ता विद्वान्-विदुषीको जन्मभूमि जनकपुर विश्व हिन्दु समाजको आस्थाको केन्द्र हो । जनकपुरलाई धार्मिक पर्यटनको हव बनाउन सकिन्छ। जनकपुरको जानकी मन्दिरको दर्शन गर्न आउने पर्टकलाई मिथिलाको कला, संस्कृति, मिथिला आर्ट, यहाँको खानपिन ,नृत्य र गायन जस्ता कुराहरूबाट आकर्षित गर्न र यसतिर सहभागी गराएर बढी भन्दा बढी समय बसाउन सकिन्छ तर हामीले धार्मिक पर्यटन मात्र भनेर हुँदैन । सम्भावित पर्यटकीय क्षेत्रको बरोबर प्रवर्द्धनका लागि राज्यस्तरबाटै पहलकदमी हुनपर्छ ।

नेपाल आफ्नो ट्रेकिंग ट्रैवेल्स तथा पर्यटन स्थानका लागि लोकप्रिय भएको भएतापनि यसका अतिरिक्त पहाडहरू र परिदृश्य मात्र होइन नेपालमा झलमलिदो अरू धेरै छन् । नेपालीको जीवन शैली उनीहरूको जीवन्त तस्बिर हो जसमा नेपाली संस्कृति र कला एवं विविधताहरू छन् । धार्मिक आख्यानसँगै काठमाणडू उपत्यकाले मौलिक संस्कृति बोकेको पर्व हो घोड़े यात्रा नामैबाट प्रस्ट हुन्छ यस पर्वले घोडा प्रतिको सम्मान दर्साएको छ । काठमाण्डू टुँडिखेलमा घोड़े यात्राको अवसरमा दौड़ाने धोडाको विविध कलाबाज़ी भने शुद्ध मनोरन्जन मात्रै हो । नेपाली सेनाको जवानहरूले कलाबाजीका विभिन्न कलाकौशल प्रस्तुत गरेर सर्वसाधारण, राष्ट्रप्रमुख र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरू र विदेशी पाहुनाहरूलाई मनोरन्जन प्रदान गर्छन् ।

सैनिक मन्च टुँडिखेलमा नेपाली सेनाले प्रदर्शन गर्ने अश्वकला, अश्व दौड़ प्रतियोगिताको रूपमा रहे पनि धार्मिक र सांस्कृतिक मान्यता अनुसार टुँडिखेलमा वासस्थान बनाएका पिशाच, प्रेतात्मा, भूतहरूलाई धोडाको टापले कुल्चिएर जमिन माथि आउन दिँदैन । त्यस्तै पाटनमा भीमसेन गुठीको एकल घोड़े यात्रा, सम्पन्न गर्दै आएको छ । घोड़े यात्रा एक दिन अघिनै ( पाँच चलेको दिन / पिशाच चतुर्दशी ) मंगलबजारको भीमसेन मन्दिरमा राँगाको बलि दिएर महाभारतका भीमसेनको स्तुति गरिन्छ । भोलि पल्ट घोड़े यात्राको दिन नेपाली सेनाले एउटा घोड़ा भीमसेन मन्दिरमा डोर्याएर ल्याउँछन् । गुठीयारहरूले धोडाको पूजा गरेर स्वागत सत्कार गर्छन् । त्यही वेला आजुहरूले चुनेका गुठीयारहरू मध्ये एक जनालाई घोड़ा चढाएर ल्यायकु बाजा बजाएर मूलचोकमा घोड़े यात्रा सुरु गरिन्छ । पाटनका टोलहरू परिक्रमा गरेर बालकुमारी पुंगी घोडचढीलाई पान, सुपारी, पैसा दिएर बिदा गरिन्छ । गुठीयारहरू भीमसेन मन्दिर फर्किन्छन् । भोलि पल्ट भोज खाए पछि तीन दिने पाटनको घोड़े यात्रा सम्पन्न हुन्छ । राजा सिमसिमको (शिव सिंह) पाला देखि नै पाटनमा एउटा मात्रै घोड़ा घुमाउने चलन भएको किंवदन्ती छ । सिमसिम राजाको घोड़ा सहिस् देवत्व प्राप्त व्यक्ति भएकाले उनलाई सम्मान गरेको स्मरण स्वरूप पाटनमा घोड़े यात्रा मनाइन्छ ।

मल्लकालमा काठमाण्डू खाल्डोमा तान्त्रिकहरूको प्रभाव जताततै थियो । कला, वास्तुकला, जीवन शैली र चाडपर्वमा पनि त्यसको छाप देखिन्छ । चैत्र महिनामा पर्ने पिशाच चतुर्दशी र भोलि पल्ट औंसीको दिनको घोड़े यात्रा यसका ज्वलन्त उदाहरण हुन । आयुर्वेद चिकित्सकहरूको विधामा पनि विशेष रोगहरूको निदान गर्ने विविध उपाय मध्ये होम , बलि ,पिशाचहरूलाई भाग पन्छाउने र स्वस्ति शान्ति पनि पर्छन् । यसको ज्वलन्त उदाहरण हो घोड़े यात्रा । बहुमूल्य मणि जडित भोटो हरेक वर्ष मछेन्द्रनाथको रथ जाउलाखेलमा पुर्‍याएको चौथों दिन पछि देखाउने चलन छ । कपडाका थैलीमा सिलबन्दी गरी राखिएको फ़ोटो सबैको सामु सिल हैरी जाँची मुचुल्का पछि सिल्ड तोडेर देखाइन्छ । भोटोलाई थैलीबाट झिकेर रथको चारै दिशाबाट तिन तिन पटक देखाउने र देखाइ सके पछि पुन: थैलीवाद सिलबन्दी गरेर राखिन्छ । भोटो देखाइ सके पछि मछिन्द्रनाथलाई रथबाट ओराली खाटमा राखेर बाजा-गाँजा सहित बुँगमति स्थित मन्दिरमा लगेर राख्ने गरिन्छ । उपत्यकाको सबै भन्दा लामो यात्राको रूपमा लिइने मछेन्द्रनाथको रथ यात्रा मात्र हो ।

८/९ दिन सम्म मनाउने बास्केट यात्रा चैत २७ देखि प्रारम्भ भई वैशाख ५ गते सम्म चल्छ । पहिलो दिन चैत २७ गते भैरवनाथ र भद्रकालीको रथ तानेर यात्रा सुरु हुन्छ । भैरवनाथको रथमा भक्तपुरको तलेजुका पुजारी र तलेजुका नाउँको खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थाबाट ल्याएको सरकारी पूजा र स्थानीयका पूजा सकेर रथ टौमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेकका वासिन्दाले आ-आफ्ना क्षेत्रमा लजाने तानिने परम्परा छ ।

विशेष गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगों उभ्याउने र नयाँ वर्षका दिन साँझ लिंगों ढाल्ने गरिन्छ । यात्रा अवलोकन गरे शत्रु नाश हुने जनविश्वास छ । नाग/नागिनीसंग जोडिएको यो यात्रालाई नेपाली भाषामा वि: सित ( नाग मर्दों ) विष यात्रा (नागको यात्रा) वि: स्यात् (नाग मारियो) हुँदै पछि विश्व यात्रा भई अपभ्रंशबाट बिस्केट जात्रा हुन गएको संस्कृतिकर्मीहरू बताउँछन् । अजिंगरको स्वरूपको हुने नागनागिनी मानिएको खुसीमा जात्रा मनाउन थालिएको हो । प्रत्येक वर्ष वैशाख ५गते जात्राको अन्तिम दिन भएकाले यो दिन पाँचतले मन्दिर स्थित तौमढी भैरवको रथ तानेर मन्दिरको पश्चिम कुनामा राखी वेताली भैरवको मुख्य देउताको पूँजा पछि भैरव मन्दिरमा भित्र्याएसंगै जात्रा सम्पन्न गरिन्छ ।

जात्रा लिच्छविकाल भन्दा अधि देखि मनाउँदै आएको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मीहरू बताउँछन् । यता मध्यपुरठिमिमा भने वैशाख २गते ३२ खाटको जात्रा सहित सिन्दूर यात्रा मनाउने परम्परा छ । वैशाख २ गते बिहानैदेखि बालकुमारी स्थित सिन्दूर यात्रा र दिउँसोको तान्त्रिकपूर्वक जिब्रो छेड्ने यात्रा मनाइन्छ । सोही दिन भूतखेलमा अवस्थित मसानकाली (पिंग द्य:)मा होम गरिन्छ । होमका लागि कालो बोका एक/एक जोड़ा सर्प, भँगेरा, परेवा र माछा आवश्यक छ । सर्प न पाए सर्पको काँचुलीले काम चलाउन मिल्ने टोडा दरबार तलेजु गुठीयार नाइके भन्छन् । उनका अनुसार सोही दिन सम्झनामा होम गर्ने चलन आएको हो । ” होमका लागि धर्तीमा उब्जिएका सबै प्रकारका अन्न आवश्यक छ ” उनले भने ?

यात्रामा या प्वाँख भनी माथिल्लो र तल्लो लाछीमा नागनागिनी नाच प्रदर्शन गरिन्छ । वैशाख ३ गते सातै खाटलाई साबिक सरस्वती गाविसनजिकै रहेको पोखरीमा स्नान गराइन्छ । यसलाई गहना खोज्ने अर्थमा पनि लिने गरिएको प्रचारप्रसारसमितिका सचिवले बताए ।

कुनै पनि देशको विकासमा कलाको महत्त्वपूर्ण योगदान हुन्छ । साझा दृष्टिकोण , मूल्य , प्रथा एवं एक निश्चित लक्ष्यलाई यसले देखाँउँ छ ।यसमा समावेश हुन्छन् सबै आर्थिक, सामाजिक एवं अन्य गतिविधिहरू, संस्कृति एवं रचनात्मकता । विविधताहरूको देश नेपाल, आफ्ना विभिन्न संस्कृतिहरूको निम्ति जानिन्छ । नेपालमा गीत – सङ्गीत, नृत्य कला, लोक परम्पराहरूलाई कला प्रदर्शन, धार्मिक-संस्कारहरू एवं अनुष्ठान एवं लेखनहरूको क्षेत्रमा एउटा निकै ठुलो सङ्ग्रह मौजुद छ । यसलाई हामीले मानवताको “अमूर्त” सांस्कृतिक विरासतको रूपमा बुझ्न सक्छौ । नेपालको सांस्कृतिक विरासत, प्राचीन स्मारकहरू, साहित्य, दर्शन, विभिन्न योजनाहरू, कार्यक्रमहरू, कला प्रदर्शनी, हाट बजार, चाड पर्व एवं हस्त कलाको उन्नयन र प्रचार प्रसार आवश्यक छ ।

प्रकृति सुषमाबाट भरपुर अद्भुत सौन्दर्य काठमाण्डूलाई प्रकृतिले नैसर्गिक रूपबाट अनुपम श्रृंगारसंग यसका प्राचीन मन्दिरहरू, बौद्ध विहारहरूमा मानवकृत अनुपम मिथुन शिल्प सौन्दर्यको दर्शन हुन्छ । विभिन्न शासकहरू द्वारा निर्मित मन्दिरहरू छन् । निर्मांण कार्यमा शिल्पकारहरूले आफ्नो कला र कौशलको प्रभावको परिचय दिएका छन् । उनीहरूद्वारा उत्कीर्ण शिल्प आज पनि दर्शकहरूको मनमोहन गर्दछ ।

मिथुन शिल्पका लागि जगन्नाथ मन्दिरलांई बढी प्रसिद्धि प्राप्त छ । तर अन्य मन्दिरहरूमा पनि मिथुन शिल्प अनौठो छन् । काठमाण्डौका शिवालयहरूमा शिल्पकारहरूले शिल्प शास्त्र र कामशास्त्रहरूको मानकलांई आंधार मानेर मिथुन-मैथुन प्रतिमाहरूको निर्माण गरे । ती प्रतिष्ठानहरूले सहसा दर्शकहरूको ध्यान आंफु तिर आकृष्ट गर्दछन् । कामसूत्रमा उल्लिखित वांभ्रवीय आचार्यहरूका अनुसार आलिंगन, चुम्बन, नख़क्षत, दंतक्षत, संवेशन, सीत्कृत, पुरूषायित तंथा मुख मैथुन इत्यादि अष्ट मैथुन क्रियात्मक हुन्छन् । स्वामी दयानन्दले सत्यार्थ प्रकाशमा स्मरण, केलि, प्रक्षणं, गुह्यभाषणम, संकलोध्य क्रिया निषपतिखच् नारी स्मरण, नारी सम्बन्धी कुरा गर्नु, नारीहरूसँग खेल्नु, नारीलाई हेर्नु, नारीसँग गोप्य कुरा गर्नु नारीसँग भेट्ने वाचा गर्नु, नारीको जिज्ञासा राख्नु नारीसँग बस्तुलाई अष्ट मैथुन भनिएको छ । उपरोक्त विषयहरूलाई शिल्पकारहरूले आफ्नो शिल्पमा स्थान दिएका छन् ।

संस्कृति सामाजिक अंत: क्रिया एवं सामाजिक व्यवहारूका उत्प्रेरक प्रतिमानहरूको समुच्चय हो । यस समुच्चयमा ज्ञान, विज्ञान, कला, आस्था, नैतिक मूल्य एवं चलनहरू समाविष्ट हुन्छन् । संस्कृति भौतिक, आर्थिक, सामाजिक एवं राजनीतिक तथा आध्यात्मिक अभ्युदयको उपयुक्त मानिसको श्रेष्ठ साधनाहरू र सम्यक् चेष्टाहरूको समष्टिगत अभिव्यक्ति हो ।यसले मानिसको वैयक्तिक एवं सामाजिक जीवनको स्वरूपको निर्माण , निर्देशन, नियमन र नियंत्त्रण गर्दछ । अत: संस्कृति मानिसको जीवन पद्धति, वैचारिक दर्शन एवं सामाजिक क्रियाकलापमा त्यसलाई समष्टिवादी दृष्टिकोणको अभिव्यन्जना हो । यसमा प्रतीकहरू द्वारा अर्जित तथा सम्प्रेषित मानव व्यवहारहरूलाई सुनिश्चित प्रतिमान संनिहित हुन्छ । संस्कृतिको अपरिहार्य अभ्यन्तर कालक्रममा प्रादुर्भूत एवं संचित परम्परागत प्रामाणिकता तथा औचित्यप्रतिपादनसंग सम्बद्ध हुन्छ । प्रत्येक संस्कृतिमा चयनक्षमता एवं वर्णनात्मकताका सामान्य सिद्धान्तहरूको संनिवेश हुन्छ । यसको माध्यमबाट सांस्कृतिक आधेयका नानारूप लेयहरूमा मानव व्यवहारको प्रतिमान सामान्यीकरण द्वारा अवकरणीय हुन्छ ।

सांस्कृतिक मान, चलनहरू, सामान्यीकृत एवं सुसंगठित समभावको रूपमा स्थिरता तिर उन्मुख हुन्छ । यद्यपि संस्कृतिका विभिन्न तत्त्वहरूमा परिवर्तनको प्रक्रिया शाश्वत चली रहन्छ । समाजको परिस्थितिमा परिवर्तनको शाश्वत प्रक्रिया प्रतिमानहरूलाई प्रभावित गर्दछ । सामाजिक विकासको प्रक्रिया सांस्कृतिक प्रतिमानहरूको परिवर्तनको प्रक्रिया हो । संस्कृति प्रकृति प्रदत्त हुँदैन । यो सामाजिकरणको प्रक्रियाद्वारा अर्जित हुन्छ । अत: संस्कृति ती संस्कारहरूसँग आबद्ध हुन्छ, जुन हाम्रा वंश परम्परामा तथा सामाजिक व्यवहारको विशिष्टताहरूको एक पुस्ताबाट अर्को पुस्तामा नियमन हुन्छ । नियमनको यस नैरंतर्यमा नै संस्कृतिको स्तित्व निहित हुन्छ । यसको संचयी प्रबृति यसको विकासमा गति प्रदान गर्दछ । जसमा नवीन आदर्शको जन्म हुन्छ । यी आदर्शहरू द्वारा बाह्य क्रियाहरू र मनोवैज्ञानिक दृष्टिकोण समानयन हुन्छ तथा सामाजिक संरचना र वैयक्तिक जीवनको व्यवस्था हुन्छ । यी सम्पूर्ण कुराले धनी मेरो देशमा आज कस्ता जहरिला नाग पसे राजनीतिको खोल अोढेर?