निर्दोष – निशा अर्याल

कथा

करिब एघार बजेको थियो औंसीको रात । चकमन्न अ“ध्यारो, दीपक काम सकेर गन्तव्यतिर हस्याङ फस्याङ गरेर हिँड्दै थियो | बाटोको सानो पार्कछेउमा ठिंग उभिएकी एक जना नारी, अनि दुई चार जना पुरुष यताउता गर्दै | एक्कासि चिच्याएको आवाज, छि–छिटो घरतिर लम्कदै गरेको दिनभरिको कामले थकित दीपकका कानमा चट्ट्याङ परेजस्तो आवाज ठोकियो | “भगवानले हेर्दै छन् ममाथि दया गर, मलाई छाडिदेऊ मलाई छाडिदेऊ |” भन्दै रोएको आवाज आएतिरै दीपक दौडियो ।

कसैले खुट्टा, कसैले हात समातेर तान्दै थिए । युवती चिच्याएर रोइरहेकी थिई । “आखिर को हुन् ती नारी ? जोर जबर्जस्ती गर्ने ती काला अनहुार को हुन ? अध्ँयाराले गर्दा केही देखिएका थिएन । ढगुांमा ठाेकिएर दीपक हुतिन्दै निवस्त्र पारिएकी नारी नजिक पुग्यो ”| एक्कासि दीपकलाई देखेर ती गुन्डाहरु “ए पुलिस आयो भाग” भन्दै कुलेलम ठोके | दीपक ए ए ए, को हो हँ, को हो ? दीपकलाई देखेर रुदै भन्छे “ए यतिखरे यहाँ सायद तिमी पनि उनीहरूझै“ प्यास मटोउन त होला ? लौ आऊ, तिमी पनि प्यास मटोऊ, अब के नै बाँकी रह्यो र ? आऊ, आऊ ”| थर थर कामेको शरीर लिएर भक्कानिँदै उठ्न खोज्दै भनिन् “काम सकेर बासतिर हिँडेकी म परदेशीको सिकार भएँ ..| घनघोर जङ्गलका कुनै पशुले झैँ सिकार गरे मलाई | यो अ“ध्यारो रातमा सायद तिम्रो पनि पेवा हुँ | तिमीलाई पनि मेरो अस्मितासँग रमाउन मन लागेको छ कि आऊ रमाऊ, यस कालरात्रीमा चिन्ने छैन मैले तिम्रो अनुहार |”

विपत्मा परेर रुदै गरेकी ती नारी अनि साना दुई बच्चा, बुढा आमाबा र श्रीमती छाडेर आएको दीपकको लागि यो बिरानो ठाउँ थियो । ऊ यहाँ भित्रिएको केही महिनामात्र भएको थियो । उसलाई यहाँको बारेमा खासै जानकारी थिएन । त्यस घटनाबारे अनभिज्ञ भएर भन्छ, “हेर, तिमी कहाँ“की हौ र को हौ ? भन्ने कुरा ठुलो हैन तर तिमी नारी हौ मेरो लागि गम्भीर कुरा यही हो | कसैकी छोरी, बहिनी, श्रीमती वा आमाको अस्मिता लुटियो ! मलाई असहाय नारीको आवाजले तानेर यहाँ ल्याएको हो | म तिम्रो अस्मितामा रमाउन आएको हैन | आफ्नो ज्यानको बाजी लगाउँदै एउटा जननीलाई बचाउन आएको हुँ | एउटा गरिब, बेरोजगार म रोजगार भएर भविष्य बदल्ने सपना बोकेर यताउता भौंतारिँदै गर्दा दुखले यतातिर लखेटेको तिमीजस्तै यात्री हुँ | भौंतारिदै हिड्दा तिम्रो यो दुर्दसासंग ठोक्किए“ ।”

ऊ सुँक्क सुँक्क गर्दै शरीरमा लगाएको लुगा छामछुम गर्छे । कति अ“ध्यारो, चप्पल पनि खै कहाँ“ पुग्यो ? कन्दै अंगहरु नियाल्छे । फिजिएको कपाल, च्यातिएका लगुा | हरेरे फेरि भक्कानिन्छे कतैपनि उज्यालो नहनु उसको लाज बचाउने उपाय भइदिन्छ त्यो क्षण । केही छिनको मौनता तोड्दै दीपकले सोध्यो, “यस्तो अन्धकारमा तिमी किन त पार्कतिर आएकी ?”

उसले अनुहारतिर आएको केश पन्छाउँदै भनी, मेरा गाउँको एक जना साथी आएको भर्खरै पन्ध्र दिन भयो । उसले बस्ने कोठा देखेकी छैन आज पहिलो छुट्टी हो ऊ एक्लै जान नसक्ने भएकोले नजिकैको कोठामा पुर्याइदिएर फर्कंदै थिएँ । दीपकले प्रश्न गर्‍यो , “किन तिमी अलि उज्यालो भएको ठाउमाँ नउभिएको त ? उसले भन्छे | यहाँ के अँध्यारो के उज्यालो ? नारीलार्इ एक्लै देखे भने यस्तै हुन्छ | आउने जाने प्राय सबैले आक्रमण गर्छन् आज म परेँ ।” दीपक उसको उत्तरले चकित भयो |

कतिपय प्रश्नको उत्तर दिन गाह्रो हुन्छ | ऊ एक छिन टोलाई अनि भन्न थाली “अ“ध्यारो कसलाई मन पर्ला र ? सबैले उज्यालै मन पराउँछन् होइन र ? हो, तर तिमीले किन अँध्यारोलाई रोज्यौ ? यस्ता ठाउँमा आमा वा छोरी, दिदी वा बहिनी कसैले चिन्न सक्दैन र राक्षसको सिकार हुन पुग्छन् |” दीपकले गरेका अनेक प्रश्नले उसको अतीत बिउँझाउँछ । बालापनदेखिका पीडाहरू सामुद्रिक भेलझैँ उर्लेर आएका आँसु बगाउँदै जान्छे | “जवानीले लालीगुरा“सझै“ रातै फक्रिएकी नारी अनुहार देखेर धनीले विवाह गरे । परिवार शान्त सुखी थियो | कताबाट एक्कासि आँधीहुरी आयो थाहै भएन । त्यसैले यस अवस्थामा ल्याइपुर्यायो | जीवनका अनगन्ती चोटहरू बटुलिएर आज” …भक्कानिन्छे । दीपक छक्क पर्छ, जिज्ञासा बढाउँछ | परिस्थितिले मानिसलाई कहाँ“देखि कहाँ“ पुर्याइदिन्छ । लामो सास तानेर “आज म त्यसैको सिकार भएकी छु | यहाँ आउनु मेरो रहर हैन, कर हो, विवशता हो | म कैदीझै“ पिँजडा भित्र थुनिएकी छु ..| उनीहरूकै पेवासरि आफन्तबाट बेचिँदा अस्तित्व मात्र मेटिएको छैन, सर्वस्व लुटिएको छ | चोटै चोटले मुटुभरि छिद्रैछिद्र पारेको छ ।”

सुन्दै जाँदा दीपक पनि भावुक बन्छ । अर्को प्रश्न गर्न नपाउँदै नारीले जीवन कथाका पाना पल्टाउँदै “आफ्नै मामाबाट अस्तित्व लुटिएको तथ्य खोल्छे । आफ्नै ससुराबाट अमेरिका पठाइदिन्छु भनेर अरबतिर बेचिइन्छु । त्यहाँको चार दिवारभित्र कैयौ परपुरुषहरुबाट बलात्कृत हुन पुगेकी छु, उता काखमा खेल्ने तीन वर्षकी छोरी आमाको न्यानो आँचलबाट वञ्चित गरेँ ।” उ रुमालले आँसु पुस्छे । बाटोमा यस्तै कुरा गर्दै आए । उसलाई एक्लै छाड्न चाहेन दीपकले । उसले भन्यो, “अब तिमी कहाँ“ जान्छ्यौ त यस्तो गति लिएर ? हुन त हाम्रो अपार्टमा कोही छैन ।” दीपकको बोली नटुंगिदै उसले भनी, “यहाँ तपाईँ नयाँ“ नयाँ“ हुनुहुन्छ, नारी स्वन्त्रताबारे सोच्नु भएझै“ लाग्यो तर तपाईँको सोचाइ पनि ब्यर्थ हुनेछ | म जस्ताको रेखदेख गरेर खुसी दिन खोज्दै हुनुहुन्छ, एक दिन तपाईँले पनि म जस्तालाई आफ्नै पेवा नसम्झिनु होला भन्न सकिन्न ।” ऊ एक्लै फत्फताइ रही, दीपकले चुपचाप सुनिरह्यो |

हैन, किन यसरी घोरिनु भएको ? जानुस् आफ्नो डेरामा, मलाई छाडिदिनुस् भनेर झर्किंदै गर्दा बाटामा हिँड्दै गरेको यात्रीसँग उसको कुम ठोकिन पुग्छ अनि झस्किएर ती ठोक्किने मान्छेको अनुहार नियाल्छे । सबैतिर चोटै चोट, लुगा च्यातिएर छिन्नभिन्न तै पनि किन यति बोलेकी ? आखिर के सोचेर ? मनमा कुरा खेलाउँदै दीपकले भने “लौ, हिँड मेरै अपार्टमा बस | आज पो कोही छैनन्, भोलि त छुट्टी छ, साथीहरू आउछँन |” भन्नै लागेपनि ऊ नबोली नबोली दीपककै पछिपछि गर्इ । दुवै कोठाभित्र पसे । काठो सनुसान थियो । सन्नाटा तोड्दै दीपकले जाऊ नुहाएर आऊ, भन्दै हातमा गम्छा थमाएर तातो पानी खोलिदियो । आफू भान्छातिर लाग्यो ।

ऊ नुहाएर निस्की । दुवैले खान खाए । दीपकले छेउको पलग देखाउँदै“तिमी निकै थकित छ्यौ सुत, ओड्ने पनि त्यही छ ।” सोझो सिधा परिश्रमी तथा नारीप्रति सम्मान जनाउने स्वभावको दीपकतिर फर्केर भनी, “तपाईँजस्ता नारी हकहितका लागि लड्ने पुरुषको सङ्ख्या ठुलै नभएको त हैन तर दुखसाथ भन्नुपर्छ अन्त्यमा उनीहरू पनि उस्तै भोगी भएर देखिने गर्छन् ।” मेरो अनुभव मिथ्या लाग्छ भने वर्तमान नियाल्नुस्, इतिहास पल्टाएर हेर्नुस् त ! आखिर जनहित गर्छौ भनेर राजतन्त्र हटाए । देश र जनताको प्रगति हुन्छ भनेर गणतन्त्रका कुरा गरे, बालक, युवा, वृद्ध सबैले योगदान दिए । कति त बलि चढे तर स्वाभिमानको सपना बाँडे, मात्र खेलौना बनाए । के होइन भन्न सक्नुहुन्छ ?”

आखिर ऊ पनि गरिब परिवारको सदस्य । घरमा बुढी आमा, दुई सन्तान र सुशील श्रीमतीसँगको जीवन खुसी थियो । रुखासुखा जे भए पनि बाँडी चुंडी खान्थे । आतङ्कित समयमा भयभीत पारेर काँधमा बन्दुक तेस्र्याएर पाखुरा सुर्कंदै लातले हानेर उछिट्याएको दृश्य दीपकका आँखा अगाडि आयो | दुईतर्फी सेनासँगको लडाइँमा गोली लागेर खुट्टै काट्नु पर्‍यो । आतङ्कवादीको मूल कमान्डरले मारेर फाली दिने धम्की दिँदै लछारपछार पार्यो । बन्दुकको कुइनाले कुमकुममा ठोक्दै हिँडाइयो । पानी बिनाको माछा झैँ छट्पटिएँ । आफ्नै आँखासामु छातीमा गोली थापेर मृत्यु वरण गरेकालाई त्यही जङ्गलमा पातहरूले छोपी हिँड्ने बेलामा रिँगाटा लागेको सम्झनाले जिउ सिरिङ्ग हुन्छ । अनुहारभरि पसिनै पसिना आउँछ । यस्ता घटनाहरूको सम्झनाले हदृय छियाछिया पार्छ, भाके तिर्खा बिसार्उछँ । मुटु भक्कानिन्छ, गह भरिन्छ । बाल, वृद्ध, महिला दलित तथा पछाडि परेको समुदायको उत्थानका लागि लगाइएका नाराले आज तर्साउँछ आत्मग्लानिको भुङग्रोले भतभत पोलिरहन्छ । गन्तव्य हराएको राजनीतिक द्वन्द्व र गरिबीले उछिट्ट्याएर आफुहरुलाई त्यहाँ पुर्याएको यथार्तले दुवैलाई झस्काउन पनि छाड्दैन । बिलासीहरुको भीडले गरिब, महिला, बालक तथा दलितहरु झन् झन् थिचिदै छन् । खोइ जनयुद्धको उद्देश्य के थियो ? परिणाम के निस्क्यो ? पीडा कहाँ पोख्नु ?
खनियो पहाड निस्क्यो मुसो ।

Published on October 21, 2017 at 12:23 pm

Loading...

यसमा तपाइको मत