अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

३ मुक्तक

विपिन तिमल्सिना २०७३ चैत २४ गते ८:१९ मा प्रकाशित

#मुक्तक-१

निदाएको छ कवि तर कविताहरु जागै छन् 
ओईल्याए पनि फूलहरु यहाँ बागहरु बागै छन् 
परेको छ तुषारो अनि चिसिएको छ सेरोफेरो, 
राफिलो छ मस्तिष्क यहाँ भावनाहरु आगै छन्।

 

#मुक्तक-२

आकाश कत्रो छ? सानो छ आमाको मन भन्दा 
मायाको मूल्य कति? माथी छ सारा धन भन्दा 
रहरको रङ्ग कस्तो ? यदि सोध्छौ भने मलाई ,
मेरो उत्तर हुनेछ -“हरियो”,सदावहार घना वन भन्दा।

 

#मुक्तक-३

खरानी जलाएर अब आगो बनाउनुछ
ढुङ्गाहरु पगालेर यहाँ पानी बगाउनुछ
कति रोचक देखिन्छन् निदमा सपनाहरू,
यन्त्र बनाई सपनाहरु रेकर्ड गराउनुछ।।

 

प्रतिक्रिया