अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

न्यूह्यामसरमा नारी दिवस मनाइयो

माधव गुरुङ, न्यूह्यामसर २०७४ फागुन २३ गते १८:५६ मा प्रकाशित

अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकन दिदीबहिनीहरूको सङ्गठन ‘एनएच डिबी’ले १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । स्थानीय हुक्सेटस्थित सभाहलमा विविध कार्यक्रमबिच नारी दिवस भव्यताकासाथ मनाइएको हो । कार्यक्रममा डेढसय बढी दिदीबहिनीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा संस्थाकी सदस्य हरिकुमार गुरुङले अन्तर्राष्ट्रिय नारी दिवसको महत्त्व र सन्दर्भमाथि प्रकाश पार्नुभएको थियो भने संस्थाका संस्थापक सदस्यद्वय छत्रकुमारी गुरुङ र मदलशा गुरुङले अन्तर्राष्ट्रिय नारी दिवसले विश्वभरका महिलाहरूलाई एकीकृति गर्दै महिलाहरूको क्षमता र दक्षतालाई अभिबृद्धि गर्न सहयोग गरेको बताउनुभयो । यसै गरी कार्यक्रममा न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले महिलाहरू समाजको अभिन्न अङ्ग भएकाले समाज, देश र विश्वको समग्र विकास महिलाहरूको सहभागिता बेगर असम्भव भएको बताउनुभयो । 

यसै गरी कार्यक्रममा यूएस सिनेटर जिन सिहिनकी प्रतिनिधि लिटिजिया ओर्टिज, म्यान्चेष्टर इङककी समाचारदाता लाउरा आरोनसन, न्यूह्यामसर डेमोक्रेट पार्टी महिला ककसकी जेनिफर डुब, न्यूह्यामसर एक्ज्याकेटिभ काउन्सुलर क्रिस पापाज्का प्रतिनिधि कारी थरम्यान र मिण्डी फर कङ्ग्रेसकी आइलिन एलर्सले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसै गरी कार्यक्रममा इमिग्रेशन लिगले सर्भिसका अधिकारीवादीहरु ग्यासटोन गरोस् र माइकले फ्रागोले अमेरिकामा बसोबास गर्ने नेपालीहरूका लागि टिपिएस् (टेम्पोररी प्रोटेक्टेड स्टाटस) को महत्त्वमाथि प्रकाश पार्नुहुँदै टिपिएस् सम्बन्धी कुनै समस्या भए आफूहरूले निःशुल्क सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा संस्थाकी अग्रज सदस्य भगवती गुरुङले समाजबाट उच्चशिक्षा हाँसिल गर्ने गाग्री गुरुङ, सीमा गुरुङ र साक्षी गुरुङलाई सम्मान गर्नुभयो । यसै गरी कार्यक्रममा अस्मिता तामाङ, अन्जली तामाङ र शोफिया थापाले नेपाली परम्परा झल्किने नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दैै संस्थाकी हेमा घलेले सहभागीहरूलाई यसबर्षको नारी दिवसको नारा ‘प्रेस फर प्रोगेस’ अर्थात् प्रगतिका लागि दबादको संज्ञा दिनुभयो । कार्यक्रम संस्थाकी बबिता गुरुङ र प्रतिष्ठा गुरुङले सञ्चालन गर्नुभएको थियो । 

सम्बन्धित सामग्रीहरू