अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

फिप्ना न्यूह्यामसरले आदिवासी दिवस मनायो

माधव गुरुङ, न्यूह्यामसर २०७५ भदौ १२ गते १७:०२ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका, न्यूह्यामसर राज्य च्याप्टरले २४ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएको छ । च्याप्टरले पहिलो पटक भव्य कार्यक्रमको आयोजना गर्दै आदिवासी जनजाति दिवस मनाएको हो । कार्यक्रममा गुरुङ, राई, नेवार, लिम्बू, तामाङ, मगरलगायतका जनजातिहरूको जातीय पहिचान झल्कने भेष भूषा, नृत्य र झाँकीहरूको प्रदर्शन गरिएको छ ।

कार्यक्रममा न्यूह्यामसर, मासाच्युसेट्स, कनेक्टीकट, भरमन्ट, न्यूयोर्कलगायतका राज्यहरूमा स्थापित आदिवासी जनजाति सङ्घसंस्था, नेपाली समाज, गैर आवासीय नेपाली सङ्घलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने न्यूह्यामसर राज्यका सिनेटर, राज्य प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

‘हामीले न्यूह्यामसरलगायत छिमेकी राज्यहरूमा बसोबास गर्ने नेपाली मूलका विभिन्न जातजातिहरूलाई पहिलो पटक एकै ठाउँमा भेला गराएका छौँ’ आयोजक संस्था फिप्ना न्यूह्यामसरकी अध्यक्ष सुन्दरी गुरुङले भन्नुभयो ‘परदेशमा भए पनि आफ्नो पहिचान, संस्कृति र भेषभूषालाई जगेर्ना गर्ने मात्रै होइन नयाँ पिँडीलाई सिकाउने प्रयत्न पनि गरेका छौँ ।’  

सम्बन्धित सामग्रीहरू