अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

अनेसास न्यूह्यामसरले सरस्वती पूजा मनायो

माधव गुरुङ, न्यूह्यामसर २०७४ माघ ९ गते १३:५९ मा प्रकाशित

अन्तर्राष्ट्रिय साहित्य समाज न्यूह्यामसरले एक भव्य कार्यक्रमका बीच विद्याकी देवी सरस्वती माताको पूजा आरधना सहित बाल प्रतिभाको प्रदर्शनी गर्दै मनाएको छ । स्थानीय हुक्सेट लाइब्रेरीमा आयोजना गरिएको कार्यक्रममा न्यूह्यामसर र छिमेकी राज्य मासाच्युसेट्स राज्यकागरी तीन दर्जन बालबालिकाहरूले बाल प्रतिभा प्रदर्शनीमा सहभागिता जनाएका थिए । बालबालिकाहरूले विभिन्न विधामा नाचेर, गाएर, बादल, बाँसुरी तथा तबला बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने केही बालबालिकाहरूले चित्रकला प्रतियोगितामा समेत सहभागी भएका थिए । यसै गरी कार्यक्रममा विभिन्न कविकवयित्रीहरुले आ–आफ्नो रचना वाचनसमेत गरेका थिए । सहभागी सम्पूर्ण बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

संस्थाका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतित्थ्यता रहेको थियो भने केन्द्रीय महासचिव गोबर्दन पूजा, साहित्यकार गण्डकी पुत्र, अनेसास न्यूह्यामसरका पूर्व अध्यक्ष अग्नि पराजुली, लायन्स क्लब न्यूह्यामसरका साम लङ बुक, एनआरएन न्यूह्यामसरका अध्यक्ष डम्बर कडरिया, न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङको उपस्थिति रहेको थियो । यसै गरी कार्यक्रममा युनाइटेड किराँत राई अमेरिकाका मुक्ति राई, गुरुङ समाज न्यूह्यामसरका अध्यक्ष सम्भू गुरुङ, भुटानिज समाज न्यूह्यामसरका टिका आचार्य, जनजाति महासङ्घ न्यूह्यामसरकी सुन्दरी गुरुङ, प्राध्यापक डा. रुद्र अर्याल लगायतका महानुभावहरूको उपस्थिति थियो । 

कार्यक्रममा संस्थाकी उपाध्यक्ष हरिमाया अधिकारीले अतिथीहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो भने पण्डित मधुसुदन अधिकारीले सरस्वती बन्दनासहित पूजा अर्चना गर्नुभएको थियो । यसै गरी कार्यक्रममा संस्थाका संरक्षक उमेश कोइराला, प्रधान सम्पादक ईश्वरी भट्ट, सल्लाहकार शिवकुमार राई, टिका आचार्य, स्थानीय महिला समाजसेवी छत्रकुमारी गुरुङ तथा संस्थाका पूर्व सदस्य वटु न्यौपानेलाई प्रमुख अतिथि पदम विश्वकर्माले खादा तथा प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष कृष्णकुमार गिरीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।