अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

कतातिर ?

युवराज मैनाली २०७८ असोज २७ गते ६:२४ मा प्रकाशित

लघुकथा

“आउनुहोस् । आउनुहोस् । तीर हानेर खीर खानुहोस् ।”
मेलाको कुनामा बडेमाको ताउलोमा भरिभरि खिर बाफ आउने गरी राखिएको थियो ।

बाफबाट विभिन्न मसलाको सुगन्ध फैलिरहेको थियो । त्यही सुगन्धले सबैलाई तानिरहेको थियो । यसैले लामलामै तानिरहेको थियो । त्यहाँ अजङ्गको पाल टाँगिएको थियो । प्रवेशद्वारमा शुल्क बुझाएर टिकट काट्नुपर्ने व्यवस्था थियो । शुल्क नै खेर जानेगरी एउटै माध्यम सम्झेर भित्रिएकाहरू अर्कोपछि अर्को थरीथरीका टिकट काटेर मात्र तीर भएको ठाउँमा पुगिन्थ्यो । तर तीर हानेर कतिले खिर खान पाए कतिले पाएनन्– त्यो त मलाई पनि थाहा भएन । बाहिरिनेहरूको ओठमा चाहिँ खिरको दाग स्पष्ट देखिन्थ्यो नै ।

काठमाडौँ